लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) ले भूकम्प पीडित राहत तथा उद्दार समिति २०१५ गठन गरी तत्काल च्यारिटी गर्न प्रत्येक
राष्ट्रिय समन्वय समितिलाई निर्देशन दिएको छ ।
संघले आ आफ्नो देशमा अन्य सामाजिक संस्थाहरुको प्रतिनिधिहरु पनि समावेश गर्दै उही नामको समिति तत्काल गठन गरी नगद र राहत सामाग्री संकलनका लागि विभिन्न च्यारिटीका कार्यक्रम आयोजना गर्न निर्देशन दिएको हो ।
२५ अप्रिल २०१५ का दिन बसेको सचिवालय समितिको बैठकले ३०१ सदस्यीय एनआरएनए भूकम्प पीडित राहत तथा उद्दार समिति २०१५ निर्माण
गर्दै यस समितिमा प्रत्येक एनसीसी अध्यक्षहरु पनि सदस्य राख्ने निर्णय भएको छ ।
सबै एनसिसीबाट संकलन भएका नगद र अन्य राहत सामाग्रीहरु अलग अलग वितरण नगरी आइसिसीमा जम्मा गरिदिन पनि केन्द्रबाट निर्देशन भएको छ । संकलित नगद र राहत सामाग्री एकीकृत रुपमा संघका अध्यक्ष शेष घलेको नेतृत्वमा सिधै पीडितहरुलाई हस्तान्तरण गरिने महासचिव कुमार पन्तले जारी गरेको सर्कुलरमा उल्लेख छ ।
संघले यथाशीघ्र स्वयंसेवकहरुको पनि व्यवस्था गरी उद्दार कार्यक्रम अझ वृहत बनाइदिन पनि अनुरोध गरेको छ ।
शनिवार लमजुंग केन्द्रविन्दु बनाइ गएको ७ दशमलव ९ रेक्टर स्केलको विनाशकारी भूकम्पका कारण देशभर ठूलो जनधनको क्षति भएको छ । गृह प्रवक्ता लक्ष्मीप्रसाद ढकालका अनुसार, आइतबार दिउसोसम्म १९५२ जनाको मृत्यु भइसकेको र ४६४७ जना घाइते भएका छन् । यो संख्या अरु बढ्ने अनुमान
छ ।
हालसम्म पटक पटक गरि ७० पटक धक्का आएपछि मानिसहरुमा अझै सन्त्रास छ । आइतबार फेरि ६ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको समाचारमा जनाइएको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा