लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) ले भूकम्प पीडित राहत तथा उद्दार समिति २०१५ गठन गरी तत्काल च्यारिटी गर्न प्रत्येक
राष्ट्रिय समन्वय समितिलाई निर्देशन दिएको छ ।
संघले आ आफ्नो देशमा अन्य सामाजिक संस्थाहरुको प्रतिनिधिहरु पनि समावेश गर्दै उही नामको समिति तत्काल गठन गरी नगद र राहत सामाग्री संकलनका लागि विभिन्न च्यारिटीका कार्यक्रम आयोजना गर्न निर्देशन दिएको हो ।
२५ अप्रिल २०१५ का दिन बसेको सचिवालय समितिको बैठकले ३०१ सदस्यीय एनआरएनए भूकम्प पीडित राहत तथा उद्दार समिति २०१५ निर्माण
गर्दै यस समितिमा प्रत्येक एनसीसी अध्यक्षहरु पनि सदस्य राख्ने निर्णय भएको छ ।
सबै एनसिसीबाट संकलन भएका नगद र अन्य राहत सामाग्रीहरु अलग अलग वितरण नगरी आइसिसीमा जम्मा गरिदिन पनि केन्द्रबाट निर्देशन भएको छ । संकलित नगद र राहत सामाग्री एकीकृत रुपमा संघका अध्यक्ष शेष घलेको नेतृत्वमा सिधै पीडितहरुलाई हस्तान्तरण गरिने महासचिव कुमार पन्तले जारी गरेको सर्कुलरमा उल्लेख छ ।
संघले यथाशीघ्र स्वयंसेवकहरुको पनि व्यवस्था गरी उद्दार कार्यक्रम अझ वृहत बनाइदिन पनि अनुरोध गरेको छ ।
शनिवार लमजुंग केन्द्रविन्दु बनाइ गएको ७ दशमलव ९ रेक्टर स्केलको विनाशकारी भूकम्पका कारण देशभर ठूलो जनधनको क्षति भएको छ । गृह प्रवक्ता लक्ष्मीप्रसाद ढकालका अनुसार, आइतबार दिउसोसम्म १९५२ जनाको मृत्यु भइसकेको र ४६४७ जना घाइते भएका छन् । यो संख्या अरु बढ्ने अनुमान
छ ।
हालसम्म पटक पटक गरि ७० पटक धक्का आएपछि मानिसहरुमा अझै सन्त्रास छ । आइतबार फेरि ६ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको समाचारमा जनाइएको छ ।
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?