सोमबार, असोज ५ २०७७ | Mon, September 21, 2020
नेपालको समय: १३:१३ | UK Time: 08:28

बेलायतका नेपाली नर्स भूकम्प प्रभावित क्षेत्रमा जांदै

वीनेपाली
२०७२ वैशाख १३ गते ९:००

लन्डन । नेपालमा ७ दशमलव ९ रेक्टर स्केलको शक्तिशाली महाभूकम्पछि देश विदेशबाट राहत एवं उद्दार टोली प्रभावित क्षेत्रमा खटिइरहेकै बेला बेलायतस्थित नेपाली नर्सहरुले पनि साथ दिने भएका छन् । पीडितहरुको उपचारका लागि नेपलिज नर्सिंग एसोसिएसन यूकेकी उपाध्यक्ष प्रसुना कंडेलको नेतृत्वमा नर्सहरु राधिका आचार्य, ज्योति तिवारी र वर्षा वेल्वासे सोमबार नेपाल जाने भएका छन् । उनीहरुले प्रभावित क्षेत्रमा गएर उपचारमा सघाउनेछन् ।

एसोसिएसनको शनिवार बसेको आकष्मिक बैठकले एसोसिएसनकी अध्यक्ष सुशिला कार्की, महासचिव विनोदविकास सिम्खडा र कोषाध्यक्ष रश्मिता दर्लामी सम्मिलित एक विपत्ति सहायता टोली समेत गठन गरेको छ ।

एसोसिएसनले भूकम्प पीडितका लागि तत्काल तीनहजार पाउण्ड दिने निर्णय समेत गरेको छ । उक्त रकममध्ये एक एक हजार काठमाण्डौं र धादिंग एवं एक हजार अत्यावश्यक ठाउंमा खर्च गरिने एसोसिएसनले जनाएको छ ।

संस्थाले एक विज्ञप्ति जारी गर्दै पीडितहरुको आर्थिक सहयोगका लागि कोष अभिवृद्धिमा सक्रिय रुपमा संलग्न हुने पनि उल्लेख गरेको छ । उसले बेलायत र नेपालमा मानवीय सहयोगका लागि अन्य संघसंस्थाहरुसंग समन्वय गर्ने समेत जनाएको छ ।

संस्थाले पीडितहरुका लागि आ आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्न सबैमा अपिल गरेको छ । संस्थाले विपत्तिप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना समेत प्रकट गरेको छ ।

11180338_10155476134435293_96293248_o

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक