लण्डन । अमेरिकाले नेपालमा भुकम्पले पुर्याएको क्षतिप्रति दुःख व्यक्त गर्दै १० करोड (१ मिलियन अमेरिकी डलर ) सहायता उपलब्ध गराउने भएको छ ।
वासिंटन पोष्टका अनुसार अमेरिकाले भुकम्प प्रभावितहरुको उद्धारमा सहयोग पुर्याउन उद्धार टोली समेत नेपाल पठाउने भएको छ ।
अमेरिकी राष्ट्रपतिको कार्यालय र अमेरिकी विदेश मन्त्री जोन केरीले भुकम्पले पुर्याएको क्षतिप्रति नेपाललाई सहानुभूति व्यक्त गर्दै सहयोगको प्रतिवद्धता जनाएका छन् ।
केरीले जारी गरेको प्रेस वक्तव्यमा नेपालका जनताको दुःखमा आफूहरु साथै रहेको जनाउँदै सहानुभूति व्यक्त गरेका छन् ।
युएसएडले प्रकोप रेस्पोन्स टीम नेपाल पठाउने तयारी गर्दै गरेको जानकारी गराउँदै केरीले सो टोलीले भुकम्पमा पुरिएकाहरुको खाेजी र उद्धारमा सहयोग गर्ने बताएका छन् ।
यसैगरी अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्की प्रवक्ताले ब्रेनडेट मिहानले नेपाललाई चाहिने अरु सहायताका लागि अमेरिका तयार रहेको बताइन् ।
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा