लण्डन । बेलायतले भुकम्पबाट नराम्रोसित प्रभावित नेपाललाई गर्न सक्ने सहयोगका बारेमा छलफल भएको छ ।
शनिबार साँझ बेलायतकाे विदेश मन्त्रालयका दक्षिणा एसिया डेस्क हेर्ने प्रतिनिधिले बेलायतस्थित नेपालका कार्यबाहक राजदुत तेजबहादुर क्षेत्रीलाई टेलिफोन गरी बेलायतले नेपाललाई सहयोग गर्ने प्रतिवद्धता दोहोर्याएका थिए ।
क्षेत्रीका अनुसार वार्तामा बेलायतले नेपाललाई गर्ने सहयोगका बारेमा छलफल भएको थियो ।
यसअघि बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले शनिबार नै नेपाललाई भुकम्प पीडितलाई उद्धार र राहत कार्यमा सहयोग गर्ने वचन दिएका थिए ।
भारत र चीनले उद्धारकर्तासहित सहयोग गर्न लागेको अवस्थामा बेलायतले कसरी सहयोग गर्ने भन्ने बारेमा प्रष्ट भइसकेको छैन ।
यसैबीच बीबीसीका अनुसार बेलायतले आठ सदस्सीय विशेषज्ञ टोली नेपाल पठाउने भएको छ ।
उता शनिबार नै कार्यबाहक प्रधानमन्त्रीको कार्यभार सम्हालिरहेका उपप्रधानमन्त्री वामदेव गौतमको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले अन्तर्राष्ट्रिय जगतलाई सहयोग गर्न अाह्वान गरेका थिए ।
बेलायती विदेश मन्त्रालयका प्रतिनिधिले शनिबार गएको भुकम्पमा नेपालले ठूलो क्षति ब्यहोर्नुपरेकोमा बेलायत सरकारका तर्फबाट दुःख व्यक्त गरेका थिए ।
उनले काठमाडौँस्थित बेलायती दूताबासबाट पनि उद्धारमा सहयोग हुँदै आएको जानकारी गराएका थिए ।
यसैबीच नेपाली दूताबासले बेलायतबाट भुकम्प पीडितलाई प्रभावकारी रुपमा राहत संकलन गर्न र वास्तविक पीडितहरुमा राहत पुर्याउने बारेमा छलफल गर्न ४ बजे आइतबार सबै नेपाली संघसंस्थालाई उपस्थितिका लागि आग्रह गर्दै बैठक डाकेको छ ।
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ