लन्डन । बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले आज शनिवार गएको शक्तिशाली महाभूकम्पपछि नेपालमा मानवीय सहयोग गर्ने उद्घोष गरेका छन् । प्रधानमन्त्री क्यामरुनले सामाजिक सञ्जाल फेसबुकमार्फत विपत्तिप्रति दुःख व्यक्त गर्दै आघात पुग्ने खालको उक्त विपत्तिमा बेलायतले सक्दो सहयोग गर्ने बताएका हुन् । उनले के कति सहयोग भन्ने चाहिं खुलाएका छैनन् ।
७ दशमलव ९ रेक्टर स्केलको उक्त विनाशकारी महाभूकम्पले ठूलो धनजनको क्षति भएको आशंका छ । गृह मन्त्रालयले हालसम्म ८ सय ७६ जनाको मृत्यु भइसकेको जनाएको छ । विवरण आउन बांकी रहेकाले मृतक संख्या अरु बढ्ने अधिकारीहरुले जनाएका छन् ।
क्यामरुनको पोष्टमा धेरै नेपालीले तत्काल सहयोग गरिदिन आग्रह गरेका छन् । नेपलिज नर्सिंग एसोसिएसन यूकेका महासचिव विनोदविकास सिम्खडाले अहिले नेपाललाई तत्काल बेलायती सहयोग आवश्यक परेको जनाउंदै लेखेका छन्, हाम्रा जनताले बेलायती राजमुकुटका लागि धेरै वलिदानी गरेका छन्, आशा छ तपाईंले छिट्टै सहायता टोली नेपाल पठाउनुहुनेछ । त्यस्तै स्कटल्याण्ड निवासी रुविना खनालको आग्रह छ, कृपया नेपाललाई सकेसम्म छिटो सहायता गर्नुस्, हामी बेलायतमा रहेका नेपालीले तपाईंलाई सहयोग गर्नेछौं । खनालले आगामी मे ७ को बेलायती आम निर्वाचन लक्षित गरेकी हुन् ।
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?