लण्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेले गोरखा भूतपूर्व सैनिकहरुले समानताको माग गर्दै आयोजना गरेको प्रदर्शनमा सहभागी हुन अपील गरेको छ ।
संघका महासचिव राजकुमार त्रिपाठीले एक अपील प्रकाशन गरी गोरखा सत्याग्रह संयुक्त संघर्ष समिति युकेले यही अपि्रल ३० तारिखमा लण्डनमा आयोजना गरेको प्रदर्शनमा सामेल हुन युकेका विभिन्न संघ संस्था तथा सर्वसाधारणलाई आग्रह गरेका हुन् ।
लण्डनको केन्द्र भागमा रहेको गोरखा सैनिकको शालिक परिसरमा सो प्रदर्शन हुने बताइएको छ ।
अपीलमा गोरखाहरुको समानताको अभियानमा ऐक्यवद्धता प्रकट गर्न र बेलायत सरकारलाई अविलम्व समस्या समाधानका लागि दबाब दिन प्रदर्शनमा सामेल हुनु पर्ने बताइएको छ ।
एनआरएनए युकेले नेपाल सरकारलाई गोरखाहरुको समस्यालाई गम्भीरतापूर्वक दिई कुटनीतिक माध्यमबाट समस्या समाधानका लागि पहल गर्न र सबै गोरखा संगठनहरुलाई आपसी समन्वय गरी कानुनी बाटो अगाडि बढाउन पनि अनुरोध गरेको छ ।
प्रदर्शनमा संघ संस्थाहरुलाई झण्डा ब्यानर प्लेकार्डसहित आउन पनि भनिएको छ ।
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास