लन्डन । नेपाली जनसम्पर्क समिति, बेलायत (एनपीसीसी यूके) विभाजनको सट्टा सबै पक्ष समेटिएर लैजान जोड दिंदै आएको एउटा मध्यमार्गी खेमा क्रियाशिल सदस्यता वितरणलाई लिएर आक्रोशित भएको छ ।
मध्यमार्गी समूहले लोक गुरुङ तथा चेतनाथ खनाल अध्यक्ष रहेको एनपीसीसी यूकेका दुई समानान्तर समितिले त्यागी कांग्रेसीलाई पाखा लगाएर मनोमानी ढंगले गैर कांग्रेसीलाई क्रियाशिल सदस्यता बांडिरहेको आरोप लगाएको छ । उक्त समूहले बेलायत कांग्रेसमा कुनै पनि पक्षमा नलागेका करिब ५० प्रतिशत सदस्य रहेको दावी गर्दै उनीहरुलाई लिएर आफूले बेग्लै तथ्यांक संकलन थालेको जनाएको छ ।
‘धेरै त्यागी र पुराना साथीहरु क्रियाशिल सदस्यताबाट वञ्चित हुनुभएको छ’, मध्यमार्गी समूहबाट यसअघि गठन भएको वार्ता समितिका संयोजक एकराज नेम्वाङले वीनेपालीसंग भने, ‘आसेपासे र गैर कांग्रेसीहरुलाई क्रियाशिल सदस्यता बांडिएकाबारे हामीले केन्द्रमा समेत जानकारी दिन लागेका छौं । हामी गलत प्रवृत्तिबाट कहिल्यै झुक्ने छैनौं ।’
ब्रिटिश आर्मी सेवा छंदै कांग्रेस राजनीतिमा लागेर चेतावनी पाइसकेका नेम्वाङ तेश्रो अधिवेशनमा अध्यक्षका प्रत्याक्षी र दोश्रो अधिवेशनमा उपाध्यक्षका लागि लडेका थिए । उनी नेसाका आमन्त्रित केन्द्रिय सदस्य र एनपीसीसी मलेसियाका संस्थापक सल्लाहकार पनि हुन् ।
कांग्रेस महाधिवेशन आगामी भदौ २४ देखि २८ गतेसम्म काठमाण्डौंमा हुने तय भएको छ । अघिल्लो महिना कांग्रेस पार्टीका मुख्य सचिव ऋषिकेश तिवारीले बेलायत जनसम्पर्क समितिका सभापति चेतनाथ खनाललाई ५ सय ४५ नवीकरणका निम्ति र दुई हजार नयां क्रियाशील सदस्यता हस्तान्तरण गरेपछि अहिले धमाधम वितरण भइरहेको अवस्था छ । सभापति चेतनाथ खनाल हाल नेपाल रहेकाले खनाल पक्षका सह संयोजक विकास देवकोटासंग नवीकरणसहित एकहजार दुई सय ५० र लोक गुरुङसंग त्यति नै एकहजार दुई सय ५० सदस्यता थिए ।
मध्यमार्गी खेमामा रहेका सुनसरीबाट पूर्व महासमिति सदस्य नरकुमारी लिम्बु, नेविसंघ ललितपुरका पूर्व जिल्ला सभापति मनोज डंगोल, नेसा केन्द्रिय सदस्य कमलबहादुर पूर्जा, नेसाकै आमन्त्रित केन्द्रिय सदस्य बाबुराम प्रधान, पांचथर २ का पूर्व क्षेत्रीय सभापति एनपी चेम्जोङ, राज कटुवाल लगायत हाल दुई समानान्तर समितिको क्रियाशिल सदस्यताप्रति रुष्ट छन् । ‘समावेशी संरचना बनाउनुको सट्टा जनसम्पर्क समितिमा केही जातजाति र वर्ग विशेषको मात्र हालीमुहाली भएको छ’, पूर्जाको आक्रोश छ, ‘हामी अब यसविरुद्ध सशक्त ढंगले जानेछौं ।’
उता, नेपाली कांग्रेस केन्द्रिय विभाग सदस्य विज्ञान प्रसाईंले भने क्षेत्रीय समिति मार्फत सबैले सदस्यता पाउने बताए । ‘हामीहरु यो धार त्यो धार नभनि कोही पनि नछुटुन् भन्नेमा सचेत छौं, प्रसाईंले वीनेपालीसंग भने, ‘यदि कोही वञ्चित हुने अवस्था आए विभागसंग सम्पर्क गरि समन्वय गर्न सकिनेछ ।’
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
इरान र अमेरिकाबीच ४५ दिने युद्ध विराम प्रस्ताव
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च