नेपालमा चेल्सीका समर्थक बढी

Chelsea logo

लण्डन । नेपालमा इंग्लिस प्रिमियरसिप फुटबलमध्ये चेल्सीका सबैभन्दा धेरै फ्यान रहेको पाइएको छ ।

सोसल नेटवर्किङ साइटहरुमा आधारित रहेर लण्डनस्थित द टेलिग्राफले प्रकाशन गरेको समाचार अनुसार नेपालमा चेल्सीका समर्थकहरु २० प्रतिशत रहेका छन् ।

त्यसपछि म्यानचेष्टर युनाइटेडका समर्थकहरु दोस्रो स्थानमा छन् । उनीहरु १९ प्रतिशत छन् ।

अार्सनलले प्रिमियर लिगमा यो सिजन म्यानचेष्टर सिटीलाई जिते जस्तै फ्यानको संख्यामा पनि अार्सनलले म्यान सिटीलाई उछिनेको छ । नेपालमा आर्सनलका १५ प्रतिशत फ्यान छन् भने म्यान सिटीका १० प्रतिशत मात्र ।

बरु कुनै बेलाको शक्तिशाली तर हाल दाँत फुक्लेको बाघ जस्तो क्लव लिभरपुलका समर्थक नेपालमा करिब १३ प्रतिशत छन् ।

बाँकी क्लबको नेपालमा न्यून समर्थक रहेका छन् ।

टोट्टनहमका ३, एभर्टनका २ प्रतिशत,  बाँकी वेष्ट हाम, वेष्ट ब्रोम, स्वानजी, स्ट्रोक, सन्डरल्याण्ड, एस्टोन भिल्ला, क्रिष्टल पालेस, न्यु कासल, क्युपीअार र साउद्ह्याम्पटनका १/१ प्रतिशत र ब्रन्ली हल लेष्टरका समर्थक १ प्रतिशतभन्दा कम छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री