लन्डन । गोर्खा भेट्रानहरुलाई सघाउंदै आएको बेलायत सेल्स्बरीस्थित एउटा च्यारिटीले नेशनल अवार्ड पाएको छ । विगत ९ वर्षदेखि सिटी सेन्टरमा रहेको दि गोर्खा वेलफेयर ट्रष्टले डेली टेलिग्राफका पाठकहरुको छनोटमा पिपुल्स् च्वाइस अवार्ड पाएको हो ।
बेलायती आर्मर्ड फोर्सेस्का पूर्व प्रमुख जनरल सर रिचार्ड डनटले नेतृत्व गरेको निर्णायक मण्डलले ट्रष्टलाई पुरस्कार दिने निर्णय गरेको सेल्सवरी जर्नलले जनाएको छ ।
उक्त च्यारिटी अन्तर्गत नेपालमा तीनसय कर्मचारी कार्यरत छन् भने सेल्स्बरी र अल्डरसटमा रहेका केन्द्रले पनि बेलायतवासी गोर्खा भेट्रानहरुलाई सहयोग गर्दै आएका छन् । ‘ट्रष्टले हरेक अवस्थामा गोर्खा भेट्रानहरुको जीवनशैली परिवर्तनका लागि अत्यावश्यक काममा साथ दिंदै आएको छ’, मनोनयनपछि निर्णायक मण्डलले भनेको छ, ‘गोर्खाहरुलाई पर्याप्त श्रोतसाधनबीच बेलायतमा सुरक्षित र मर्यादित तवरले बस्ने वातावरण बनाउन ट्रष्ट प्रतिवद्ध छ र यो बेलायती जनताका पक्षबाट प्रदान गरिएको सम्मान पनि हो ।’
ट्रष्टकी करेन इंग्ल्याण्डले अवार्ड जितेकामा आफूहरु उत्साहित भएको उल्लेख गर्दै यसले बेलायती जनताले गोर्खा भेट्रानहरुप्रति देखाएको सम्मान पुष्टि गर्ने बताएकी छन् । यही वर्ष गोर्खाहरु बेलायती सैनिक सेवामा प्रवेश गरेको २०० सय वर्ष गांठका अवसरमा उनीहरुकै सहयोग स्वरुप अवार्ड जितेकामा करेनले थप प्रसन्नता व्यक्त गरिन् ।
विशेषगरि, ट्रष्टको कल्याणकारी काम र औषधोपचारमा उल्लेखनीय योगदान छ । धेरै भेट्रान वृद्ध हुंदै गएका र उनीहरु ट्रष्टसम्म आउन असमर्थ रहेको अवस्थामा गाउं गाउं गएर जिल्ला नर्सहरुले सेवा दिंदै आएको ट्रष्टको भनाइ छ । यस च्यारिटीले सन् १९८९ यता नेपालमा करिब तीन लाख मानिसलाई शुद्ध पिउने पानी व्यवस्थापन गर्नुका साथै एकसय २५ नयां स्कुल निर्माण गरिदिएको छ भने १५ सय थप स्कुलका पूर्वाधार बनाइदिएको छ ।
व्यक्तिगत तवरबाट संकलित चन्दाबाट स्थापित उक्त कोषमा हाल करिब १५ विलियन पाउण्ड छ । उसले अझै पनि दोश्रो विश्व युद्धमा लडेका एकसय वर्ष माथिका २२ जना भेट्रान र विधवाहरुलाई रेखदेख गर्दै आएको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा