लन्डन । १८ अप्रिल शनिवार लन्डनमा आयोजित ५ औं बुढा सुब्बा गोल्ड कप नन भेट्रानतर्फ मंगोलियन भान्जाले जितेको छ । फाइनल खेलमा एफसी युनाइटेडलाई ३ २ गोल अन्तरले पराजित गरि यस वर्षको बुढासुब्बा गोल्ड कप मंगोलियन भान्जाले जितेको हो ।
भेट्रानतर्फ एफसी केन्टले २ १ गोल अन्तरले केवाइसी यूकेलाई पराजित गर्दै कप हात पार्न सफल भएको छ । जितसंगै विजेता मंगोलियन भान्जाले ट्रफी र ८ सय पाउण्ड नगद प्राप्त गर्यो भने रनरअप एफसी युनाइटेडले ५ सय पाउण्ड र ट्रफी पाएको छ । भेट्रान विजेता एफसी केन्टले ट्रफी, ५ सय पाउण्ड र रनरअप केवाइसी यूकेले ३ सय पाउण्ड पायो ।
धरान समाज यूकेले फेल्थाम कम्युनिटी कलेज मैदानमा आयोजना गरेको उक्त प्रतियोगितामा नन भेट्रानतर्फ १२ र भेट्रानतर्फ ६ टिम सहभागी थिए । नन भेट्रानतर्फ म्यान अफ दिन म्याच एफसी युनाइटेडका सुरज लिम्बु भए भने हाइ स्कोरर उपाधि मंगोलियन भान्जाका हिसिस लामाले जिते । भेट्रानतर्फ म्यान अफ दिन म्याच एफसी केन्ट टिम आवद्ध पदम लिम्बु र हाइ स्कोरर उपाधि छविन्द्र लिम्बुले पाए । भेट्रानतर्फ म्यान अफ दि म्याच विजेतालाई प्रदान गरिएको ट्रफी पारस रानाले प्रायोजन गरेका हुन् भने मेन ट्रफी अनिल कोयु राई र सन्तोष राईले प्रायोजन गरेका थिए ।
विजेतालाई प्रमुख अतिथी ज्येष्ठ समाजसेवी नरकुमारी लिम्बु, विशेष अतिथी नेपाल ब्याडमिन्टन संघका केन्द्रिय सदस्य चन्द्रशेखर लामा र आयोजक धरान समाज यूकेका अध्यक्ष उमेशराज मोक्तानले पुरस्कार प्रदान गरेका थिए ।
सूर्यमान गुरुंगले संयोजन गरेको उक्त प्रतियोगिता हेर्न अतिथीका रुपमा राजेन लिम्बु, लोकजित गुरुंग, अशोक राईसहित सयौं दर्शक सहभागी रहेको समाजले जनाएको छ ।
बिहान साढे १० बजेबाट शुरु खेल अबेरसम्म चलेपछि स्पटलाइटमै खेलाउनु परेको थियो । प्रतियोगितामा रेफ्रीहरु थिए ओम रिकी लामा, भक्त लिम्बु, केशर पाण्डे र पारस राना ।
आयोजक धरान समाज यूकेका अध्यक्ष उमेशराज मोक्तानले नेपालमा लोकप्रिय बुढा सुब्बा गोल्डकपलाई बेलायतमा समेत निरन्तरता दिइएको उल्लेख गर्दै आपसी भाइचारा अभिवृद्धि र खेलाडीहरुको प्रतिभा उजागर गर्ने उद्देश्य प्रतियोगिताको रहेको जनाए ।
स्मरणरहोस्, समर सिजन शुरु भएसंगै बेलायतमा फुटबल प्रतियोगिता गर्ने लहर नै शुरु हुन्छ । कतिपय संघसंस्थाले केवल व्यापारिक उद्देश्यले मात्र यस्ता प्रतियोगिता आयोजना गर्ने गरेका आरोप पनि छ ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने