लन्डन । यतिखेर बेलायतमा केहीको चर्चा छ भने त्यो हो विद्यावारिधी (पिएचडी होल्डर) नेपालीहरुको खोजी । एनआरएनए यूकेले अप्रिल तेश्रो साता आयोजना गर्न लागेको पिएचडी होल्डर भेलाले सकारात्मक नकारात्मक दुवै चर्चा बटुलिरहेको छ । कतिले यसलाई ‘पिएचडी फोरम’ गठन गर्ने योजनाका रुपमा नकारात्मक चित्रित गरेका छन् भने कतिले पिएचडी गर्ने मात्र वौद्धिक कसरी भए भनेर प्रश्न तेर्साइरहेका छन् । एउटा यस्तो जमात समेत छ जसले बरु बीबीक्यू भेलालाई बढि महत्व ठानेको छ, न कि विद्यावारिधीहरुको जमघट ।
तर, कार्यक्रम संयोजक एवं लिभरपुल जोनमुर यूनिभर्सिटीका प्राध्यापक डा. पदम सिम्खडाको स्पष्टोक्ति छ, ‘अहिले जे जस्तो हल्ला र भ्रम छ त्यो विल्कुल होइन ।’ उनका शब्दमा, भेलाका तीन मुख्य उद्देश्य छन् । पहिलो, बेलायतबाट पिएचडी गर्ने र नेपालबाट पिएचडी गरेर बेलायत आएकाहरुको अभिनन्दन एवं उनीहरुको चिनारी । दोश्रो, बेलायतबाट धेरै नेपालीले पिएचडी गरेर निस्किए पनि उनीहरुले राम्रो ‘एकेडेमिक जव’ पाउन नसकेकाले तिनलाई सहयोग र उत्प्रेरणा गर्ने अनि तेश्रो दीर्घकालिन उद्देश्य आ आफ्नो दक्षता अनुरुप स्किल डाइरेक्ट्री बनाउने ।
‘नयां साथीहरुलाई मेन्टरसिप दिन सकियो भने धेरै पक्ष लाभान्वित हुन सक्छन्’, सिम्खडाले भने, ‘उनीहरुका आ आफ्नो दक्षता नेपालतिर लान पनि सकिन्छ ।’
आगामी २६ अप्रिलमा लन्डन साउथ ह्यारोमा पिएचडी भेला तय भएको हो । अहिले भेला संयोजन समितिले विभिन्न ११ प्रश्नावलीसहित उपस्थितिका लागि आग्रह गरिरहेको छ । बेलायतमा पिएचडी होल्डर नेपालीहरु करिब एकसय जना रहेको अनुमान सिम्खडाको छ । तर, कार्यक्रममा कति सहभागिता हुन्छ त्यो यकिन छैन् ।
गैर आवासीय नेपाली संघ, बेलायतका प्रमुख संरक्षक प्रा. डा. सूर्य सुवेदी, प्रा. डा. पदम सिम्खडा (संयोजक), डा. चन्द्र लक्सम्बा, डा. हेमराज शर्मा, डा. अच्युत गौतम, डा. भरत सिम्खडा, डा. रामनारायण कन्दंग्वा, डा. पुरुषोत्तम पौडेल, डा. चन्द्रबहादुर गुरुङ, डा. मीन रानाभाट, डा. चन्द्र गुरुङ, डा. कपिल श्रेष्ठ, डा. एनजे गुरुङ सम्मिलित भेला संयोजन समिति र एनआरएनए यूके अध्यक्ष महेन्द्र कंडेल, महासचिव आर के त्रिपाठी र कार्यालय सचिव अर्जन कटुवाल रहेको भेला आयोजक र व्यवस्थापन समिति कार्यक्रम सफल बनाउन जुटेको छ ।
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
इरान र अमेरिकाबीच ४५ दिने युद्ध विराम प्रस्ताव
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च