गोरखाली समाज युकेको वार्षिक साधारण सभा

IMG_0551

लण्डन । गोरखाली समाज युकेको वार्षिक साधारण सभा शनिवार फार्नब्रोमा सम्पन्न भएको छ ।
समाजका अध्यक्ष भरत रोकाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव अशोक ढकालले नयाँ वर्षको शुभकामनाका साथमा हेल्थ एण्ड सेफ्टिसम्बन्धि जानकारी गराएका थिए ।
कल्चर सचिव निराराज गुरुङ्गले समाजले गरेका काम र आउने वार्षिक भेलामा ल्याइने कार्यक्रमका बारेमा जानकारी गराएका थिए भने प्रोपर्टी सचिव दिनेस गुरुङ्गले समाजमा भएका प्रोपर्टीहरुको बारेमा जानकारी दिएका थिए । कोषाध्यक्ष भिमप्रसाद तामाङले आयव्यय प्रस्तुत गरेका थिए भने उपाध्यक्ष कर्ण दर्लामीले समाजलाई सफल बनाउन सबैले सहयोगी भावना लिएर अगाडि बढ्नुपर्ने धारणा राखे ।
अध्यक्ष रोकाले बेलायतमा विभिन्न ठाउँहरुमा  छरिएर बसेता पनि गोरखाबासीहरु एकजुट भई  अगाडि  बढ्नु पर्ने विचार राख्दै नेपाली पहिचानलाई जोगाउन र धर्म कला सँस्कृति  छोराछोरीहरुलाई सिकाउन आफ्नो – आफ्नो  जातिको इतिहासको संरक्षण गर्नपर्नेमा जोड दिए ।
सभामा समाजको वेब साइट www.gorkhalisamaj.co.uk लाई अध्यक्ष रोकाले बिधिवत रुपले उद्घघाटन गरे ।  साथै नेपालबाट आएका  चर्चित कलाकार गणेश गुरुङ्गलाई सम्मान गरे । गुरुङलाई कल्चर सचिव निराराज गुरुङ्ग र सल्लाकार  क्याप्टेन रनधोज  रानालगायत अन्य सदस्यहरुबाट पनि सम्मान गरिएको थियो  ।यस्तै समाजका सल्लाहकार साहित्यकार विकलचन्द्र आचार्यको साहितिक कृति ‘मोह’ ले २०७० सालको हरि उत्कृष्ट प्रतिभा पुरस्कार प्राप्त गरेकोले उनलाई समाजको तर्फबाट अध्यक्ष रोकाले सम्मान गरे ।  आफू सम्मानित भएकोमा उनले गोरखाली समाज युकेलाई धन्यबाद दिँदै ‘मोह’को बारेमा समाजलाई जानकारी गराएका थिए ।
बेलायत घुम्न्न आएका समाजसेवी जनकल्याण मावि श्रीनाथकोटका पूर्व हेडमास्टर कृष्णप्रसाद ढकाललाई  समाजका भूपू अध्यक्ष खुसीमान गुरुङ्गले सम्मान गरे ।सम्मानित भएकोमा ढकालले गोरखाली समाज युकेलाई धन्यबाद दिनुको साथै  आफ्नो जन्मभूमिलाई सम्झेर समाजले परोपकारी काम अगाडि बढाएमा राम्रो हुने सुझाव दिए ।
वार्षिक साधारण सभामा समाजका सल्लाहकारहरु खुसीमान गुरुङ्ग,क्याप्टेन रनधोज राना, क्याप्टेन जंगबहादुर गुरुङ्ग, फटकजित गुरुङ्ग, सुर घले, धन गुरुङ्ग, राजकुमार गुरुङ्ग, भगवती गुरुङ्ग, बिष्णु तामाङ्ग, विकलचन्द्र आचार्य लगायत बेलायतका विभिन्न ठाउँबाट आएका गोरखा जिल्लाबासीको उल्लेखनिय सहभागिता थियो  ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री