लण्डन । विश्व नेपाली साहित्य महासङ्घ युके शाखाको आयोजनामा कवयित्री लीला सेलिङ् माबोको एकल कविता वाचन तथा साहित्यकार सुरेशजंग शाहलाई नेपाली साहित्य दुत २०१४ कन्चनजंगा सम्मान सम्पन्न भएको छ ।
कवयित्री सेलिङको एक कविताकृति ‘लाहुरेनी पीडा’ नामक प्रकाशित छ भने उनी लामो समयदेखि साहित्य र समाजसेवामा सक्रिय छिन् । शिक्षिकाबाट शुरु भएको उनको जीवनयात्रा विद्यालयको प्रधानाध्यापिका, रेडियो प्रस्तोता, समाजको नेतृ हुँदै साहित्यमा सशक्तरुपमा अघि बढ्दै ।
माबोका कविताहरु ज्यादै शक्तिशाली र वैचारिक रहेको कार्यक्रमका विशिष्ट अतिथि तथा साहित्यकार काजमिान याक्सोले बताए ।
सो अवसरमा साहित्यकार शाहलाई विश्व नेपाली साहित्य महासङ्घ विश्व केन्द्रीय समितिले नेपाली साहित्य दुत २०१४ कन्चनजंगा घोषणाबाट सम्मान गरेको थियो ।
महासङ्घले विश्वका उच्च १० शिखरहरुमध्ये नेपालमा रहेका ८ वटा शिखरहरुको नामबाट विभिन्न साहित्कारहरु सम्मान घोषणा गरेको थियो । शाहलाई उक्त सम्मानपत्र प्रमुख अतिथि तथा विश्व केन्द्रीय समितिका अध्यक्ष विश्वासदीप तिगेलाले हस्तान्तण गरे । कार्यक्रममा साहित्यकार शाहको योगदानबारे निर्माण गरिएको भिडियो प्रदर्शन गरिएको थियो ।
त्यस्तैगरि केही महिना अघि युकेको राष्ट्रिय स्तरको कविता प्रतियोगितामा ३ हजार प्रतियोगीलाई उछिन्दै प्रथम हुन सफल मुकाहााङ लिम्बुलाई पनि प्रशंसापत्र प्रदान गरिएको थियो ।
विक्रम सम्वत २०७२ लाई स्वागतार्थ आयोजना गरिएको उक्त कार्यक्रममा एकल कविता वाचनको औपचारिक कार्यक्रमपछि विभिन्न स्रष्टाहरुले आआफ्नो रचना पनि पाठ गरेका थिए । साहित्यकार हरिसिं थापा, बि.के. पाण्डे लगायतले बोलेका थिए भने अग्रज स्रष्टा जीवनप्रकास राईले मीठो सारंगीको धुन र नरेश नातिले हार्मोनियममा ‘हजार सपना’ बोलको गीत प्रस्तुत गरेका थिए ।
कार्यक्रमलाई कवयित्री करिष्मा घमले स्वागत गरेकी थिइन भने महासङ्घ युकेका अध्यक्ष समिप जर्जर हाङवाङको सभापतित्व र रोसन राईले कार्यक्रम संचालन गरेका थिए ।
महासङ्घले यसअघि कविहरु केदार संकेत, विक्रम सुब्बा, विजय हितानको एकल कविता वाचन सम्पन्न गरिसकेको छ ।
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य