लण्डन । विश्व नेपाली साहित्य महासङ्घ युके शाखाको आयोजनामा कवयित्री लीला सेलिङ् माबोको एकल कविता वाचन तथा साहित्यकार सुरेशजंग शाहलाई नेपाली साहित्य दुत २०१४ कन्चनजंगा सम्मान सम्पन्न भएको छ ।
कवयित्री सेलिङको एक कविताकृति ‘लाहुरेनी पीडा’ नामक प्रकाशित छ भने उनी लामो समयदेखि साहित्य र समाजसेवामा सक्रिय छिन् । शिक्षिकाबाट शुरु भएको उनको जीवनयात्रा विद्यालयको प्रधानाध्यापिका, रेडियो प्रस्तोता, समाजको नेतृ हुँदै साहित्यमा सशक्तरुपमा अघि बढ्दै ।
माबोका कविताहरु ज्यादै शक्तिशाली र वैचारिक रहेको कार्यक्रमका विशिष्ट अतिथि तथा साहित्यकार काजमिान याक्सोले बताए ।
सो अवसरमा साहित्यकार शाहलाई विश्व नेपाली साहित्य महासङ्घ विश्व केन्द्रीय समितिले नेपाली साहित्य दुत २०१४ कन्चनजंगा घोषणाबाट सम्मान गरेको थियो ।
महासङ्घले विश्वका उच्च १० शिखरहरुमध्ये नेपालमा रहेका ८ वटा शिखरहरुको नामबाट विभिन्न साहित्कारहरु सम्मान घोषणा गरेको थियो । शाहलाई उक्त सम्मानपत्र प्रमुख अतिथि तथा विश्व केन्द्रीय समितिका अध्यक्ष विश्वासदीप तिगेलाले हस्तान्तण गरे । कार्यक्रममा साहित्यकार शाहको योगदानबारे निर्माण गरिएको भिडियो प्रदर्शन गरिएको थियो ।
त्यस्तैगरि केही महिना अघि युकेको राष्ट्रिय स्तरको कविता प्रतियोगितामा ३ हजार प्रतियोगीलाई उछिन्दै प्रथम हुन सफल मुकाहााङ लिम्बुलाई पनि प्रशंसापत्र प्रदान गरिएको थियो ।
विक्रम सम्वत २०७२ लाई स्वागतार्थ आयोजना गरिएको उक्त कार्यक्रममा एकल कविता वाचनको औपचारिक कार्यक्रमपछि विभिन्न स्रष्टाहरुले आआफ्नो रचना पनि पाठ गरेका थिए । साहित्यकार हरिसिं थापा, बि.के. पाण्डे लगायतले बोलेका थिए भने अग्रज स्रष्टा जीवनप्रकास राईले मीठो सारंगीको धुन र नरेश नातिले हार्मोनियममा ‘हजार सपना’ बोलको गीत प्रस्तुत गरेका थिए ।
कार्यक्रमलाई कवयित्री करिष्मा घमले स्वागत गरेकी थिइन भने महासङ्घ युकेका अध्यक्ष समिप जर्जर हाङवाङको सभापतित्व र रोसन राईले कार्यक्रम संचालन गरेका थिए ।
महासङ्घले यसअघि कविहरु केदार संकेत, विक्रम सुब्बा, विजय हितानको एकल कविता वाचन सम्पन्न गरिसकेको छ ।
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?