रसमूरमा मनाइयो नेपाली नयाँ वर्ष

तस्वीर मिलन तमु

तस्वीर मिलन तमु

फान्ब्रो  । ग्रेटर रश्मूर नेपाली कम्युनिटीले नेपाली नयाँ वर्ष २०७२ विभिन्न साँस्कृतिक कार्यक्रम प्रस्तुत गर्दै  मनाएको छ ।
दुई चरणमा सम्पन्न उक्त कार्यक्रमको पहिलो सत्र महासचिव रोहित गुरुङले संचालन गरेका थिए भने दोस्रो चरण पुष्पा गुरुङ र शिला लिम्बुले संयुक्त रुपमा संचालन गरेका थिए।
तस्वीर मिलन तमु

तस्वीर मिलन तमु

कार्य समितिका सदस्य जंग सुनुवारको हेल्थ एण्ड सेफ्टी ब्रिफिंगपश्चात कम्युनिटीका अध्यक्ष मेजर रिटायर्ड टिकेन्द्रदल देवान, कार्यक्रमका प्रमुख अतिथि रश्मूर बोरो काउन्सिलका उपमेयर मार्टिन टेन्नेण्ट, एनआरएनए आइसिसी सदस्य थर्क सेन, नेपाली सेनाका लण्डनस्थित सैनिक सचिव प्रदिपजंग केसी, एनआरएनए युकेका महासचिव राजकुमार त्रिपाठी र तमु धिँका अध्यक्ष सुर्जे (रामचन्द्र) गुरुङले संयुक्त रुपमा पानसमा बत्ति बाली कार्यक्रमको उद्घाटन गरेका थिए । कम्युनिटीका उपाध्यक्ष जीव बेल्बासेले शुभकामना र स्वागत मन्तब्य दिएका थिए।
तस्वीर मिलन तमु

तस्वीर मिलन तमु

कार्यक्रममा अध्यक्ष देवान, काउन्सिलका उपमेयर टेन्नेण्ट, एनआरएनए आइसिसीका सदस्य सेन, सैनिक सचिव प्रदिपजंग के सी, एनआरएन युकेका महासचिव राजकुमार त्रिपाठीले नयाँ वर्ष २०७२ को उपलक्ष्यमा शुभकामना मन्तब्य दिएका थिए भने कम्युनिटीका उपाध्यक्ष ओम थापाले धन्यबाद ज्ञापन गरेका थिए ।
तस्वीर मिलन तमु

तस्वीर मिलन तमु

कार्यक्रमको दोस्रो चरणमा ७ वर्षका बच्चादेखि ७५ वर्षका वृद्धले समेत नाचगान प्रस्तुत गरेका थिए । राष्ट्रिय कलाकार खुमन अधिकारी, देवी घर्ति र नौमती बाजाले कार्यक्रममा थप उर्जा प्रदान गरेको थियो।
साँस्कृतिक कार्यक्रमबाट अत्यन्तै प्रभावित भई टेलर ४ युका डाइरेक्टर भक्त दर्जी र लुम्बिनी ट्याक्सीका प्रबन्धक हेमन्त थापाले कार्यक्रम स्थलमै एक/एक सय पौण्ड सहयोग गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री