लण्डन । नेपाल पत्रकार महासंघ युकेको साधारणसभा सम्पन्न भएको छ ।
लण्डनमा आइतबार आयोजित साधारणसभाको उद्घाटन बेलायतका लागि कार्यबाहक नेपाली राजदुत तेजबहादुर क्षेत्री र शाखाका अध्यक्ष चिरन शर्माले गरे ।
कार्यक्रमका प्रमुख अतिथि कार्यबाहक नेपाली राजदुत तेजबहादुर क्षेत्रीले साधारणसभाको सफलताको कामना गर्दै पत्रकारहरुलाई दुताबासको केही कमजोरी भए समाचार प्रकाशन गरी सच्याउने मौका दिन आग्रह गरे ।
पुरानो पासपोर्ट चलाउन पाउने समय सकिन लागेका नोभेम्बर महिनाभित्रै मेसिन रेडएवल पासपोर्ट (एमआरपी) बनाउनका लागि सबै नेपालीहरुलाई सूचित गर्न उनले पत्रकारहरुलाई अनुरोध गरे ।
एनआरएनए युकेका अध्यक्ष महेन्द्र कँडेलले पत्रकारहरुको कोषका लागि एनआरएनए युकेले च्यारिटी डिनरको आयोजना गर्दै गरेको जानकारी दिए ।
एनआरएनए युकेलाई विस्तार गर्न क्षेत्रीय संरचना बनाउने बताउँदै उनले एनआरएन युकेलाई धनीहरुको मात्र, सीमितहरुको मात्र संस्था होइन सबैको संस्था बनाउन कोसिस गरिरहेको कँडेलको भनाइ थियो ।
एनआरएनए युकेका संरक्षक सूर्य गुरुङ युकेका नेपाली मिडियाले युकेको नेपाली समाजभित्र भइरहेका सकारात्मक कार्यहरुलाई प्राथमिकता दिनुपर्ने सुझाव दिए ।
प्रवासी नेपाली मंच युकेका अध्यक्ष रामशरण सिंखडाले पत्रकारहरुले युकेमा गरिरहेको कार्य प्रसंशनीय रहेको बताउँदै पत्रकारहरुले वस्तुनिष्ठ आलोचना पनि सहन सक्नुपर्ने सुझाव दिनुभयो । महासंघलाई सहयोग गर्न मंच एक कदमअघि सरेर तयार रहने वाचा प्रकट गरे ।
प्रवासी नेपाली समाज युकेका अध्यक्ष रोशन सापकोटा बेलायतका नेपाली पत्रकारहरुले नेपाल बारेको सामग्री धेरै समेट्ने गरेको भन्दै बेलायतका पत्रकारहरुलाई बेलायतकै बारेका सामग्री समेट्न आग्रह गरे ।
कार्यक्रमलाई शुभकामना दिँदै शाखाका सल्लाहकार भगिरथ योगीले बेलायतमा नेपाली पत्रकारहरु सिक्ने क्रममै रहेको र समाजसँग सहकार्य गर्दै अघि बढ्ने बताउनुभयो ।
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिका सदस्य तथा गुल्मी जिल्ला समाजका प्रतिनिधि विनोद ज्ञवालीले पत्रकारहरुलाई कलम नरोकीकन अघि बढ्न आग्रह गरे ।
नेपाली जनसम्पर्क समिति, युकेका महामन्त्री शिव तिम्सिनाले पत्रकार महासंघलाई सहयोग गर्न समिति तयार रहेको बताउनुभयो ।
एभरेष्ट टाइम्सका सम्पादक लीलामान शेरपुञ्जाले बेलायतको नेपाली पत्रकारिता शिशु अवस्थामै रहेकाले मार्गदर्शन गर्न समाजसित अनुरोध गरे ।
नेपाल आदिवासी जनजाति महासंघ (फोनिज) युकेका अध्यक्ष किरण थेबे लिम्बुले फोनिजले पत्रकार महासंघसित सहकार्य गर्दै अघि बढ्ने बताए ।
तमु धिँ युकेका अध्यक्ष रामचन्द्र गुरुङले तमुधिँ युकेका कार्यक्रमहरुमा पत्रकारहरुलाई आमन्त्रण गर्दै साधारणसभा सफलताको शुभकामना दिए ।
कार्यक्रममा शाखाका वरिष्ठ उपाध्यक्ष नरेश खपांगीमगरले स्वागत मन्तब्य व्यक्त गरे भने शाखाका उपाध्यक्ष धर्मराज अधिकारीले धन्यवाद ज्ञापन गरेका थिए ।
शाखाका गतिविधि समेटिएको भिडियो पनि प्रस्तुत गरिएको थियो ।
शाखाका सदस्य सुजन पराजुलीले स्वदेश गान सुनाए भने सदस्य नृपेश उप्रेतीले बेलायतका नेपाली पत्रकारहरुको अवस्था समेटिएको गजल प्रस्तुत गरे ।
उद्घाटन समारोहको समापन गर्दै अध्यक्ष चिरन शर्माले अतिथिहरुले दिनुभएको सुझाव पत्रकारहरु र महासंघका लागि महत्वपूर्ण भएको बताए ।
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
इरान र अमेरिकाबीच ४५ दिने युद्ध विराम प्रस्ताव
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च