लण्डन । नेपाल पत्रकार महासंघ युकेको साधारणसभा सम्पन्न भएको छ ।
लण्डनमा आइतबार आयोजित साधारणसभाको उद्घाटन बेलायतका लागि कार्यबाहक नेपाली राजदुत तेजबहादुर क्षेत्री र शाखाका अध्यक्ष चिरन शर्माले गरे ।
कार्यक्रमका प्रमुख अतिथि कार्यबाहक नेपाली राजदुत तेजबहादुर क्षेत्रीले साधारणसभाको सफलताको कामना गर्दै पत्रकारहरुलाई दुताबासको केही कमजोरी भए समाचार प्रकाशन गरी सच्याउने मौका दिन आग्रह गरे ।
पुरानो पासपोर्ट चलाउन पाउने समय सकिन लागेका नोभेम्बर महिनाभित्रै मेसिन रेडएवल पासपोर्ट (एमआरपी) बनाउनका लागि सबै नेपालीहरुलाई सूचित गर्न उनले पत्रकारहरुलाई अनुरोध गरे ।
एनआरएनए युकेका अध्यक्ष महेन्द्र कँडेलले पत्रकारहरुको कोषका लागि एनआरएनए युकेले च्यारिटी डिनरको आयोजना गर्दै गरेको जानकारी दिए ।
एनआरएनए युकेलाई विस्तार गर्न क्षेत्रीय संरचना बनाउने बताउँदै उनले एनआरएन युकेलाई धनीहरुको मात्र, सीमितहरुको मात्र संस्था होइन सबैको संस्था बनाउन कोसिस गरिरहेको कँडेलको भनाइ थियो ।
एनआरएनए युकेका संरक्षक सूर्य गुरुङ युकेका नेपाली मिडियाले युकेको नेपाली समाजभित्र भइरहेका सकारात्मक कार्यहरुलाई प्राथमिकता दिनुपर्ने सुझाव दिए ।
प्रवासी नेपाली मंच युकेका अध्यक्ष रामशरण सिंखडाले पत्रकारहरुले युकेमा गरिरहेको कार्य प्रसंशनीय रहेको बताउँदै पत्रकारहरुले वस्तुनिष्ठ आलोचना पनि सहन सक्नुपर्ने सुझाव दिनुभयो । महासंघलाई सहयोग गर्न मंच एक कदमअघि सरेर तयार रहने वाचा प्रकट गरे ।
प्रवासी नेपाली समाज युकेका अध्यक्ष रोशन सापकोटा बेलायतका नेपाली पत्रकारहरुले नेपाल बारेको सामग्री धेरै समेट्ने गरेको भन्दै बेलायतका पत्रकारहरुलाई बेलायतकै बारेका सामग्री समेट्न आग्रह गरे ।
कार्यक्रमलाई शुभकामना दिँदै शाखाका सल्लाहकार भगिरथ योगीले बेलायतमा नेपाली पत्रकारहरु सिक्ने क्रममै रहेको र समाजसँग सहकार्य गर्दै अघि बढ्ने बताउनुभयो ।
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिका सदस्य तथा गुल्मी जिल्ला समाजका प्रतिनिधि विनोद ज्ञवालीले पत्रकारहरुलाई कलम नरोकीकन अघि बढ्न आग्रह गरे ।
नेपाली जनसम्पर्क समिति, युकेका महामन्त्री शिव तिम्सिनाले पत्रकार महासंघलाई सहयोग गर्न समिति तयार रहेको बताउनुभयो ।
एभरेष्ट टाइम्सका सम्पादक लीलामान शेरपुञ्जाले बेलायतको नेपाली पत्रकारिता शिशु अवस्थामै रहेकाले मार्गदर्शन गर्न समाजसित अनुरोध गरे ।
नेपाल आदिवासी जनजाति महासंघ (फोनिज) युकेका अध्यक्ष किरण थेबे लिम्बुले फोनिजले पत्रकार महासंघसित सहकार्य गर्दै अघि बढ्ने बताए ।
तमु धिँ युकेका अध्यक्ष रामचन्द्र गुरुङले तमुधिँ युकेका कार्यक्रमहरुमा पत्रकारहरुलाई आमन्त्रण गर्दै साधारणसभा सफलताको शुभकामना दिए ।
कार्यक्रममा शाखाका वरिष्ठ उपाध्यक्ष नरेश खपांगीमगरले स्वागत मन्तब्य व्यक्त गरे भने शाखाका उपाध्यक्ष धर्मराज अधिकारीले धन्यवाद ज्ञापन गरेका थिए ।
शाखाका गतिविधि समेटिएको भिडियो पनि प्रस्तुत गरिएको थियो ।
शाखाका सदस्य सुजन पराजुलीले स्वदेश गान सुनाए भने सदस्य नृपेश उप्रेतीले बेलायतका नेपाली पत्रकारहरुको अवस्था समेटिएको गजल प्रस्तुत गरे ।
उद्घाटन समारोहको समापन गर्दै अध्यक्ष चिरन शर्माले अतिथिहरुले दिनुभएको सुझाव पत्रकारहरु र महासंघका लागि महत्वपूर्ण भएको बताए ।
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य