साहित्य विकास परिषद्ले साहित्यिक कार्यक्रम गर्दै मनायो नेपाली नयाँ वर्ष

तस्वीर एभरेष्ट गौतम

तस्वीर एभरेष्ट गौतम

लण्डन । बेलायतस्थित  नेपालीहरूको जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद यूकेद्वारा नेपाली नयाँ वर्ष २०७२ को अवसरमा साहित्यिक रमझम, लालीगुराँस साहित्यतारा विशेषाङ्क लोकार्पण तथा नेपाली साहित्य सेवा सम्मान कार्यक्रमको आयोजना गरिएको छ ।
लण्डनस्थित वेम्ब्ली तन्दुरी रेस्टुराँमा भएको सो कार्यक्रममा प्रमुख अतिथि परिषद्का पदेन संरक्षक बेलायतका लागि कार्यबाहक नेपाली राजदूत तेजबहादुर क्षेत्रीले नेपाली नव वर्षको शुभ आगमनमा साहित्यिक रसास्वादनसहित स्रष्टाहरूलाई पुरस्कार सम्मान गर्न पाउँदा आफूलाई अत्यन्त खुशी लागेको भन्दै दूताबासको तर्फबाट बधाई र नव वर्षको शुभकामना दिए ।
समाजसेवी डा राघवप्रसाद धिताल (ओबिई) ले यस्तो उत्साहजनक साहित्यिक जमघट देख्दा प्रफुल्लित भएको बताउँदै सबैलाई नव वर्षको हार्दिक शुभकामना ब्यक्त गरे ।
कार्यक्रममा सम्मानित विशेष अतिथि नेपाली साहित्य विकास परिषद् नेपाल च्याप्टरका सल्लाहकार प्रा.डा. देवीप्रसाद सुवेदीले प्रवासमा यस्तो गुणात्मक साहित्यिक माहौल देख्न पाउँदा अति खुशी लागेको बताए ।
प्रा डा सूर्य सुवेदीले नेपाली जहाँ भएपनि आफ्नो भाषा र संस्कृति छोड्न नहुने कुरामा जोड दिए ।
यति नेपाली एसोसिएसनका अध्यक्ष उमेशराज मोक्तानले परिषद्का हरेक  कार्यक्रममा आफ्नो आवद्धता रहिरहेको बताउँदै नव वर्षको शुभकामना व्यक्त गरे ।
एनआरएन युकेका अध्यक्ष महेन्द्र कँडेलले भाषा साहित्य एवं संस्कृति संरक्षण सम्बर्द्धनका लागि एनआरएन युके सदैव तत्पर रहने र परिषद्सँग हातेमालो गरिरहने प्रतिवद्धता व्यक्त गरे ।
नेकपा-माओवादीका केन्द्रिय सदस्य कर्णबहादुर शाहीले  नेपाली भाषा साहित्यको बिकासका लागि बेलायतमा  परिषद्ले गरेका कार्यहरु अत्यन्त महत्वपूर्ण रहेको बताउँदै अहिलेको आवश्यकता भनेको राष्ट्रिय एकता र अस्तित्वलाई जोगउन सचेत रहनु हो भने ।
सभापतिको आसनबाट बोल्दै परिषद्का संस्थापक तथा अध्यक्ष कवि सुरेशजंग शाहले नेपाली नयाँ वर्षको आगमनलाई परिषद्ले स्थापनाकालदेखि नै साहित्यिक र सांस्कृतिक रुपले मनाउँदै आएको र यसबाट हाम्रो राष्ट्रिय भावना र देशप्रतिको माया बढाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।
नेपाली जनसंपर्क समिति युके एवं एनआरएन युकेका महासचिव राजकुमार त्रिपाठीले आगामी पुस्तालाई समेत नेपाली भाषा साहित्यमा परिचित गराउन ठोसरूपमा पहल गर्नु पर्ने विचार राखे ।
कार्यक्रममा मगर संघ युकेका अध्यक्ष कवि दुत पुन एवं कथाकार डा.चन्द्र गुरुङले आ-आफ्नो शुभकामना मन्तव्य दिए ।
कार्यक्रममा लामो समयदेखि नेपाली साहित्य विकासमा योगदान पुर्याउने दीपक नागला (ब्राईटसन ट्राभल युके लिमिटेड) तथा हेमांग शाह (स्टार टुर युके) लाई सम्मानपत्र दिइएको थियो । यसैगरी डा.राघब प्रसाद धिताल तथा श्रीमती डा.जनक कुमारी धिताल,  हरिसिंह थापा तथा श्रीमती देवकुमारी थापा, खगेन्द्र नेपाली तथा श्रीमती महालक्ष्मी नेपाली, कोमल श्रेष्ठ मल्ल तथा श्रीमती कोहिनूर श्रेष्ठ मल्ल, ध्रुव केसी तथा श्रीमती निर्मला केसी, घनबहादुर थापामगर तथा श्रीमती कृष्णा थापा मगर, वीरेन्द्र कुँवर तथा श्रीमती ईन्दिरा कुँवर, वसन्त राय क्षेत्री तथा श्रीमती मन्दा राय क्षेत्री, दौलत राई तथा श्रीमती सन्तोष राई, महन्त श्रेष्ठ तथा श्रीमती अमिका श्रेष्ठ, हरि केसी तथा श्रीमती कल्पना केसी, मोतिराज भण्डारी तथा श्रीमती सुशिला भण्डारी, दुर्गा पाण्डे तथा श्रीमती लक्ष्मी पाण्डे र ज्ञानेन्द्र राउत तथा श्रीमती अंगना राउतलाई विशिष्ठ सम्मान दिइएको थियो ।
परिषद्का वरिष्ठ सहअध्यक्ष कवि कोमल श्रेष्ठ मल्ल तथा श्रीमती कोहिनूर श्रेष्ठ मल्लले  आमाबुवाको स्मृतिमा स्थापना गरेको ५ तोला चाँदी र स्वर्ण अक्षर अंकित पदक नेपाली साहित्यको विकासमा अनवरत योगदान गरेवापत युवा समाजसेवी अभिमन्यु बैरागलाई प्रदान गरियो ।
तस्वीर एभरेष्ट गौतम

तस्वीर एभरेष्ट गौतम

यसैगरी गतवर्ष युकेबाट प्रकाशित कृतिहरुमध्ये गोविन्द बेलबासेको “रातो पासपोर्ट” लाई उत्कृष्ट कृतिको पुरस्कार प्रदान गरियो भने सागर सिल्वालको “सागरको मोती” ले दोस्रो र हरिसिंह थापाको “उत्तराखण्ड चारधाम” कृतिले तेस्रो स्थान प्राप्त गर्यो ।

परिषद्का संस्थापक तथा अध्यक्ष सुरेशजंग शाहले पुरस्कार मूल्यांकन प्रक्रियाबारे जानकारी दिएका थिए मूल्याङ्कन समितिका संयोजक कवि तथा समालोचक दुर्गाप्रसाद पोख्रेलले मूल्याङ्कनका मापदण्ड र नतिजा सुनाएका थिए ।
परिषद्का संस्थापक तथा अध्यक्ष शाहको सभापतित्वमा वरिष्ठ सहअध्यक्ष कोमल श्रेष्ठ मल्ल र महासचिव कवयत्री डा.सुधा श्रेष्ठले संचालन गरेको कार्यक्रम कक्षा १ मा पढ्ने ५ वर्षकी बालकवियत्री समृद्धि पोख्रेलको कविता वाचनबाट शुरु गरिएको थियो ।
कार्यक्रममा दुर्गाप्रसाद पोख्रेल, कोमल श्रेष्ठ मल्ल,कृष्ण बजगाई, रेशम अर्याल, मोति भण्डारी, मनोज अन्जान,  बसन्त राय क्षत्री, घनबहादुर थापा, हरि सिंह थापा, विरेन्द्र कुँवर, डा.सुधा श्रेष्ठ, सुरेशजंग शाह, दूत पुन, नवराज घिमिरे, जगन्नाथ अधिकारी, गोकुल भण्डारीले कविता वाचन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री