लन्डन । ब्रिटेन नेपाल चेम्बर अफ कमर्स (बीएनसीसी) ले नेपालका लागि नवनियुक्त बेलायती चार्ज डि अफेयर्स जोन रेन्किनको सम्मानमा एक रात्रीभोज आयोजना गरेको छ । बीएनसीसीले गत बुधवार सांझ मन्टिज रेष्टुरेन्ट, लन्डनमा कार्यक्रम गरेको हो ।
रात्रीभोजमा बेलायतको परराष्ट्र मन्त्रालयकी डेस्क अफिसर क्याथरिन बासा लगायत कन्फेडेरेसन अफ ब्रिटिश इन्डष्ट्री (सिबीआइ), ब्रिटेन नेपाल सोसाइटी (बीएनएस्) र बीएनसीसी पदाधिकारीहरुको उपस्थिति थियो ।
कार्यक्रममा चार्ज डि अफेयर्स जोन रेन्किनले नेपालका लागि नयां जिम्मेवारी पाएकामा खुशी व्यक्त गर्दै बेलायत र नेपालको द्धिपक्षीय व्यापार प्रवद्र्धनमा आफूले सक्दो पहल गर्ने बताएका थिए । उक्त अवसरमा यसै वर्षको अन्त्य वा आगामी वर्षको प्रारम्भतिर व्यवसायी र उद्योगीहरुको एउटा प्रतिनिधिमण्डल नेपाल लाने सम्वन्धमा समेत छलफल भएको थियो ।
बीएनसीसीको सहकार्यमा बेलायत नेपाल कुटनीतिक सम्वन्ध स्थापनाको दुई सय वर्ष गांठ मनाउनेबारे समेत छलफल भएको कार्यक्रममा सहभागी बीएनसीसी सदस्य प्रशान्त कुंवरले जनाए ।
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?