लण्डन । नेपाली साहित्य विकास परिषद् बेलायतले परिषद्ममा लामो समयदेखि सक्रिय रुपमा योगदान दिने विभिन्न व्यक्तिहरुलाई विशिष्ट सम्मान दिने भएको छ ।
परिषद्को आइतबार लण्डनमा बसेको बैठकले गरेको निर्णयअनुसार सम्मानित हुनेहरुमा डा.राघव प्रसाद धिताल ओबीइ र डा. जनककुमारी धिताल, हरिसिहं थापा र देव कुमारी थापा, महन्तबहादुर श्रेष्ठ र अम्बिका श्रेष्ठ, खगेन्द्र नेपाली र महालक्ष्मी नेपाली, ध्रुव केसी र निर्मला केसी, कोमलप्रसाद श्रेष्ठ (मल्ल) र कोहिनुर मल्ल, घनबहादुर थापा मगर र कृष्ण थापा मगर, बसन्त रायक्षेत्री र मन्दा रायक्षेत्री, हरि केसी र कल्पना (अधिकारी) केसी, दौलत राई र सन्तोष राई, मोतीराज भण्डारी र शुशिला भण्डारी, विरेन्द्र कुँवर र इन्दिरा कुँवर तथा ज्ञानेन्द्र राउत र अंगना राउत छन् ।
बैठकले बेलायतमा हुर्केको युवा तथा बालबालिकाहरुलाई नेपाली भाषा र साहित्यतर्फ आकर्षण र प्रोत्साहन पुर्याउने हेतुले उत्पादन र प्रकाशनतर्फ लगनशीलरुपले लागिपरेका भन्दै अभिमन्यू वैरागलाई एनएलडिसी साहित्य पुरस्कार सेवा २०१५ बाट पुरस्कृत गर्ने निर्णय गरेको छ ।
बैठकले ९ अप्रिल २०१५ बिहीवार २६ अौं ‘साहित्य संन्ध्या’ र परिषदले प्रकाशन गरेको नेपाली साहित्यिक पत्रिका ‘लालीगुराँस’ भानु स्मारिकाको लोकार्पण गर्ने कार्यक्रम राखेको छ । वेम्ली तन्दुरीमा सो कार्यक्रम हुँदैछ ।
बैठकले कृति मूल्याकंन तथा छनौट समितिबाट प्राप्त भैसकेकोमा विधामा एनएलडिसी साहित्य पुरस्कार २०१४ कृति तर्फको घोषणा तथा वितरण पनि सोही दिन गर्ने कार्यक्रम राखेको छ।
यसैगरी लण्डन म्याराथनमा सहभागी कल्पना लिम्बुलाई नेपाली साहित्य बिकास परिषद यूके तर्फबाट ५० पाउण्ड सहयोग दिने भएको छ । नेपालमा अस्वस्थ रहि हालै दिवंगत साहित्यकार कौशल्या लामिछानेको परिवारलाई परिषदबाट१५ हजार रुपियाँ सहयोग प्रदान गर्ने भएको छ।
यस्तै नेपालबाट यूके भ्रमणमा आएका प्रा डा देवीप्रसाद सुवेदीले परिषद्को आयोजनामा हुने कार्यक्रम प्रवचन दिने कार्यक्रम छ ।
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य