
जेडी ब्वाइजले चुम्यो यस वर्षको यलम्बर कपको उपाधि
लण्डन । यस वर्षको यलम्बर कपको उपाधि जेडी ब्वाइज फुटबल टीमले चुमेको छ ।शनिबार लण्डनको फेल्थाम कलेजको मैदानमा सम्पन्न फाइनल खेलमा युनाइटेड एफसीलाई ३-० ले हराउँदै जेडी ब्वाइजले उपाधि हात पारेको हो ।किरात याक्थुङ्ग चुम्लुङ्ग युकेको आयोजनामा हरेक वर्ष हुने सो प्रतियोगितमा जेडी ब्वाइजकै प्रकाश सुब्बा उत्तृष्ट खेलाडि बने भने युनाइटेडका अनिल तामाङ सबैभन्दा बढी गोल गर्ने खेलाडी बने ।यस्तै भेटेरान तर्फ ईलाम समाजलाई पराजित गदै केन्ट एफसीले यस वर्षको भेटेरान तर्फ च्याम्पियन बन्यो । सुपर भेटेरानमा रेन्बो एफसीलाई पराजित गदै पाँचथर समाज सेवा युकेले उपाधि चुम्यो । महिला तर्फ ग्रेश समाजलाई पराजित गदै मनोक्रान्ति रस्मोरले महिला टीमले प्रथम पुरस्कार हासिल गर्यो ।विजेता तथा उपविजेता टीमलाई प्रतियोगिताका प्रमुख अतिथि किराँत याक्थुङ्ग चुम्लुङ्ग नेपालका केन्द्रिय पुर्व उपाध्यक्ष नरकुमारी लिम्बु, विशेष अतिथि हन्स्लो बरो काउन्सिलका डेपुटी मेयर विष्णु गुरुङ्ग, किरात याक्थुङ्ग चुम्लुङ्गबेलायतका अध्यक्ष काजीमान याक्सो र यलम्बर कप संस्थापक रिटायर्ड क्याप्टेन बम लिम्बु लगायतले पुरस्कार वितरण गरेका थिए ।प्रमुख टीम विजेता जेडी ब्वाइजले ट्रफीसहित १ हजार पाउण्ड र उपविजेता युनाईटेड एफसीले ५ सय पाउण्ड, भेटेरान टीम विजेता केन्ट एफसीले ट्रफीसहित ५ सय पाउण्ड र उपविजेता ईलाम समाजले ३०० सय पाउण्ड, सुपर भेटेरान समूहको विजेता पाँचथर समाज सेवा युकेले ट्रफीसहित ३०० सय पाउण्ड, उपविजेता रेन्बो एफसीले २०० सय पाउण्ड, महिला टीम विजेता मनोक्रान्ती रस्मोरले ट्रफिसहित १ सय पाउण्ड र उपविजेता ग्रेश समाज टीमले ५० पाउण्ड नगद पुरस्कार पाएका थिए ।आयोजक किरात याक्थुङ्ग चुम्लुङ्ग बेलायतका अध्यक्ष काजीमान याक्शो पहिलो किराती राजा यलम्बरहाङ्गको संझना र नाम जीवित राख्न तथा बेलायतमा रहेका नेपालीहरुबीच भेटघाट गर्ने अवसर मिलोस् भनेर प्रतियोगिता आयोजना गरिएको बताउँछन् ।चुम्लुङ्ग बेलायतका अध्यक्ष काजीमान याक्सोको अध्यक्षतामा भएको प्रतियोगिताको कार्यक्रम महासचिव खगेन्द्र लावती र सहसचिव महेश वनेमले सन्चालन गरेका थिए ।उक्त प्रतियोगितामा भाग लिने टोलीलाई प्रवेश शुल्क २०० सय पाउण्ड र कार पार्कबाट करिब ८ हजार पाउण्ड उठेको जानकारी संस्थाका कोषध्यक्ष दिल ईवारम लिम्बुले जानकारी दिए ।यस वर्षको यलम्बर कप फुटबल प्रतियोगिताको संयोजक रिटायड वारेन्ट अफिसर दिपेन्द्र याक्सो र सहसंयोजक सन्तोष पाङ्मा रहेको विश्व नेपाली साहित्य महासंघका केन्द्रीय अध्यक्ष विश्वासदिप तिगेलाले जानकारी दिए ।
प्रतिक्रिया

सम्बन्धित सामाग्री
- नयाँ भाइरस तीव्र गतिमा फैलिएपछि लण्डन, पूर्वी र दक्षिण पूर्वी इंग्ल्याण्ड टियर ४ मा
- बेलायत सरकारद्वारा गोरखा भूपू सैनिकका लागि नयाँ पेन्सनको प्रस्तावमाथि सुझाव माग
- कोरोना खोपको पहिलो डोज लिएका पुडासैनीलाई कोरोना संक्रमण
- ‘बेलायतमा वर्क पर्मिट खुल्यो भनेर हल्लाको पछि नलागी बुझेर मात्र आउनुहोस्’ : सोलिसिटर दिपक भट्टराई
- बेलायत र युरोपियन युनियनबीच सहमति
फेसबुक