लन्डन । लन्डनस्थित विदेशी मुद्राको कारोवार गर्ने एक ब्रिटिश कम्पनीले भूतपूर्व तथा बहालवाला गोर्खा सैनिकहरुसंग शंकास्पदरुपमा ठूलो रकम उठाएको आशंकामा ब्रिटिश प्रहरीले अनुसन्धान शुरु गरेको छ ।
सिडब्लुएम एफ एक्स् नामक लन्डनमा मु्ख्यालय रहेको सो कम्पनीले सिडब्लुएम नेपाल फण्ड तथा सिडब्लुएम गोर्खा फण्ड स्थापना गरी भूतपूर्व गोर्खाहरुबाट रकम संकलन गरेको बेलायती अखवार दि टाइम्स्मा प्रकाशित खबरमा उल्लेख छ ।
उक्त कम्पनीले कति रकम उठाएको थियो भन्ने समाचारमा खुलाइएको छैन् तर उसले प्रति महिना ५ प्रतिशत (वार्षिक ६० प्रतिशत) को दरले व्याज दिने भनि पैसा उठाएको प्रहरीले जनाएको छ ।
विश्वासै गर्न नसकिने किसिमले त्यति ठूलो व्याज दिने नाममा गोर्खा सैनिकहरुलाई ठगी गर्ने काम रोक्न सिटी अफ लन्डनका प्रहरीले गत महिना सिडब्लुएमका कार्यालयहरुमा छापा मारी १३ जनालाई पक्राउ गरेको डिटेक्टिभ सुपरिन्टेन्डेन्ट मारिया उडालले बताइन् । उनले आफूले दिएको रकम सो कम्पनीले कसरी परिचालन गरिरहेको छ भन्ने बारे केही जानकारी भए प्रहरीलाई तत्काल सूचना दिन पनि गोर्खा सैनिकहरुलाई आग्रह गरेकी छिन्।
भूपू गोर्खाहरुको एउटा अग्रणी संस्था ब्रिटिश गोर्खा वेलफेयर सोसाइटी (बिजिडब्लुएस्) का अध्यक्ष मेजर रि. टिकेन्द्रदल देवानले आकर्षक व्याजको प्रलोभनमा गोर्खाहरु ठगिएकाबारे आफूले पनि सुनेको उल्लेख गर्दैै त्यस पछाडि नलाग्न आग्रह गरेका छन् ।
‘ठूलठूला बैंकहरुले दिन नसक्ने व्याज निजी कम्पनीले कसरी दिन सक्छ ?’ प्रतिप्रश्न गर्दै देवानले भने, ‘हामी गोर्खाहरु पनि नबुझी हामफालेर पछि पछुताउने काम गर्छौैं ।’
गत सातामात्रै एक भूपू गोर्खा सन्दीप गुरुङले ब्रुनाइ सुल्तान र दुवइ घरानामा सेक्युरिटी जागिर दिलाइदिने भन्दै भूपू गोर्खाहरुबाट झण्डै तीस हजार पाउण्ड ठगेपछि गुरुङलाई यहांको अदालतले ३२ महिनाको जेल सजाय सुनाएको थियो ।
सिडब्लुएम कम्पनीले भने ठूलै व्याज दिने प्रलोभन देखाएर गोर्खाहरुबाट रकम उठाएको भन्ने आरोपहरुको खण्डन गरेको छ ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने