लन्डन । लन्डनस्थित विदेशी मुद्राको कारोवार गर्ने एक ब्रिटिश कम्पनीले भूतपूर्व तथा बहालवाला गोर्खा सैनिकहरुसंग शंकास्पदरुपमा ठूलो रकम उठाएको आशंकामा ब्रिटिश प्रहरीले अनुसन्धान शुरु गरेको छ ।
सिडब्लुएम एफ एक्स् नामक लन्डनमा मु्ख्यालय रहेको सो कम्पनीले सिडब्लुएम नेपाल फण्ड तथा सिडब्लुएम गोर्खा फण्ड स्थापना गरी भूतपूर्व गोर्खाहरुबाट रकम संकलन गरेको बेलायती अखवार दि टाइम्स्मा प्रकाशित खबरमा उल्लेख छ ।
उक्त कम्पनीले कति रकम उठाएको थियो भन्ने समाचारमा खुलाइएको छैन् तर उसले प्रति महिना ५ प्रतिशत (वार्षिक ६० प्रतिशत) को दरले व्याज दिने भनि पैसा उठाएको प्रहरीले जनाएको छ ।
विश्वासै गर्न नसकिने किसिमले त्यति ठूलो व्याज दिने नाममा गोर्खा सैनिकहरुलाई ठगी गर्ने काम रोक्न सिटी अफ लन्डनका प्रहरीले गत महिना सिडब्लुएमका कार्यालयहरुमा छापा मारी १३ जनालाई पक्राउ गरेको डिटेक्टिभ सुपरिन्टेन्डेन्ट मारिया उडालले बताइन् । उनले आफूले दिएको रकम सो कम्पनीले कसरी परिचालन गरिरहेको छ भन्ने बारे केही जानकारी भए प्रहरीलाई तत्काल सूचना दिन पनि गोर्खा सैनिकहरुलाई आग्रह गरेकी छिन्।
भूपू गोर्खाहरुको एउटा अग्रणी संस्था ब्रिटिश गोर्खा वेलफेयर सोसाइटी (बिजिडब्लुएस्) का अध्यक्ष मेजर रि. टिकेन्द्रदल देवानले आकर्षक व्याजको प्रलोभनमा गोर्खाहरु ठगिएकाबारे आफूले पनि सुनेको उल्लेख गर्दैै त्यस पछाडि नलाग्न आग्रह गरेका छन् ।
‘ठूलठूला बैंकहरुले दिन नसक्ने व्याज निजी कम्पनीले कसरी दिन सक्छ ?’ प्रतिप्रश्न गर्दै देवानले भने, ‘हामी गोर्खाहरु पनि नबुझी हामफालेर पछि पछुताउने काम गर्छौैं ।’
गत सातामात्रै एक भूपू गोर्खा सन्दीप गुरुङले ब्रुनाइ सुल्तान र दुवइ घरानामा सेक्युरिटी जागिर दिलाइदिने भन्दै भूपू गोर्खाहरुबाट झण्डै तीस हजार पाउण्ड ठगेपछि गुरुङलाई यहांको अदालतले ३२ महिनाको जेल सजाय सुनाएको थियो ।
सिडब्लुएम कम्पनीले भने ठूलै व्याज दिने प्रलोभन देखाएर गोर्खाहरुबाट रकम उठाएको भन्ने आरोपहरुको खण्डन गरेको छ ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण