लन्डन । एभर ग्रीन गु्रप बेजिङ्स्टोक, बेलायतले मुलपानी तेक्वान्दो डोजाङको ड्रिम प्रोजेक्ट नेप्लिज तेक्वान्दो एकेडेमी भवन निर्माणका लागि सहयोग जुटाएको छ । यसैवर्ष भ्यालेन्टाइन च्यारिटी डिनर आयोजना गरि संकलित एकमुष्ट रकम ३ लाख २३ हजार २ सय रुपैयां शुक्रवार बिएफबिएस् गोर्खा रेडियोका बिनोदध्वज खड्काको कार्यक्रम काठमाडौंको सौगात मार्फत एभर ग्रीन ग्रुपका सदस्यहरु मेजर खुशीमान गुरुङ र अशोक सेनले हस्तान्तरण गरेका हुन् ।
नेप्लिज तेक्वान्दो एकेडेमीका अध्यक्ष एवं राष्टिय खेलाडी अशोक खड्काका अनुसार, हालसम्म भवन निर्माणका लागि ३६ लाख रुपैयां संकलन भएको छ । खड्काले दाताहरुप्रति आभार व्यक्त गर्दै प्रोजेक्टका लागि अझै ६४ लाख रुपैयां नपुग रहेकाले सहयोगका लागि सबैमा अपिल गरेका छन् ।
उनले मुख्य ट्रेनिङ हल निर्माण कार्य चांडै शुरु हुने जानकारी पनि दिए ।
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?