आइतबार, असोज ११ २०७७ | Sun, September 27, 2020
नेपालको समय: १३:५४ | UK Time: 09:09

साहित्यकार डा. सुवेदी लन्डनमा

वीनेपाली
२०७१ चैत २० गते ११:५२

लन्डन । वरिष्ठ साहित्यकार डा. देवी सुवेदी लन्डन आइपुगेका छन् । समालोचना र नाट्य क्षेत्रमा प्रसिद्धी कमाएका सुवेदीको ६५० पेज लामो खोजमुलक ग्रन्थ ‘ब्यास र बाल्मिकीको तुलना’ प्रकाशनको अन्तिम संघारमा छ ।

उनको स्वागत तथा उक्त ग्रन्थमा केन्द्रित रहेर छलफल गर्न अन्तर्राष्ट्रिय नेपाली 
वाङ्मय प्रतिष्ठानले एक अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । प्रतिष्ठानका अध्यक्ष विकलचन्द्र आचार्यका अनुसार, आगामी २६ अप्रिलमा कार्यक्रम गर्न लागिएको हो । स्थान र समय पछि निर्धारण गरिने छ ।

बालकृष्ण समको संयोगान्त नाटकमा पीएचडी गरेका लमजुङे सुवेदीले टियूमा धेरै वर्ष प्राध्यापन गराएका थिए ।

बेलायत घुमघामका क्रममा डा. सुवेदी बेलायतस्थित नेपाली साहित्यकारहरुसंग ।

बेलायत घुमघामका क्रममा डा. सुवेदी बेलायतस्थित नेपाली साहित्यकारहरुसंग ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक