लण्डन । इलाम सोसाइटी युकेको अध्यक्षमा कमल राई निर्वाचित भएका छन् ।
सोसाइटीको शनिबार अल्डरसटमा सम्पन्न अधिवेसनले राईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
नवनिर्वाचित समितिको उपाध्यक्षमा गोपाल गिरी र प्रमिला लाबुङ राई, महासचिवमा मुकेश राई, सहसचिवमा निरज ताम्राकार, कोषाध्यक्षमा कृष्ण देवान, सहकोषाध्यक्षमा रमेश गुरुङ, प्रमुख संयोजकमा गजेन्द्र देवान, जनसम्पर्क तथा वेभ संयोजकमा खड्क राई, खेलकुद संयोजकमा उमाकान्त गुरुङ र साँस्कृतिक संयोजकमा चोक गुरुङ चुनिएका छन् ।
यसैगरी सल्लाहकारहरुमा दिलिप गुरुङ, रमेश गुरुङ, गजेन्द्र कटवाल र राजेन्द्र राई छानिएका छन् ।
नयाँ समितिको नेतृत्वका लागि गजेन्द्र कटवाल, शंकर राई र कमल राईबीच प्रतिस्पर्धा भएको थियो भने उपाध्यक्षका लागि गोपाल गिरी, कृष्णवीर तामाङ र पदम राईबीच चुनाव भएको थियो । उपाध्यक्ष पदमा तामाङ र गिरीको बराबर मत आए पनि तामाङले गिरीलाई छोडिदिने बताएपछि गोलाप्रथा गर्नु परेन ।
नवनिर्वाचित समितिलाई सल्लाहकार दिलिप गुरुङले सपथ ग्रहण गराएका थिए ।
नयाँ समिति गठनका लागि सल्लाहकार रमेश गुरुङको संयोजकत्वमा प्रेमबहादुर राई र गोपाल राई रहेको निर्वाचन समिति गठन गरिएको थियो ।
यसअघि उद्घाटन सत्रको अध्यक्षता राजेन्द्र राईले गरेका थिए भने सञ्चालन महासचिव मुकेश राईले गरेका थिए । अध्यक्ष राजेन्द्र राईले प्रगति प्रतिवेदन पेश गरेका थिए । सो सत्रमा विधान संशाेधन लगायतका विभिन्न प्रस्तावमाथि छलफल भएको थियो।
३० डिसेम्बरमा बीसीसी यूकेले तमु ल्होछार मनाउने, उपस्थित हुन बेलायतवासी नेपालीलाई आग्रह
विदेशबाट मतदान अधिकारबारे तयार पारिएको प्रतिवेदन सार्वजनिक
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?