लण्डन । प्रथम नौमती बाजा गुल्मी युके समूहको पाचौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
फान्ब्रोस्थित रसमोर कम्युनिटी सेन्टरमा समूहका प्रमुख संयोजक ओमप्रसाद थापाको अध्यक्ष्तामा भएको साधारणसभामा समूहको प्रतिवेदन साथै आर्थिक प्रतिवेदन सर्बसहमतबाट पारित गरिएको थियो । समूहले गरेका कामहरूको समीक्षा गर्दै आउँदो वर्षहरुमा योभन्दा अझ राम्रो कसरी अघि बढ्न सकिन्छ भन्नेमा सबैले आफ्नो विचार राखेका थिए ।
साधारणसभामभा हरेक वर्ष गुल्मी जिल्ला समाज युकेलाई वर्षभरि सड्कलित रकम हरेक वार्षिक अधिवेशनमा एक मुस्ट हस्तान्तरण गर्ने, नेपालका अपाड्गहरूको लागी वर्षभरि सड्कलन गरेको रकम विश्व अपाङ्ग दिवसको अवसर पारी हरेक वर्ष सक्दो कुनै समूहको सदस्य नेपाल गएको बेला आशा अपाड्ग केन्द्र तम्घास गुल्मीमा हस्तान्तरण गर्ने निर्णय पनि गरिएको छ ।
गसैगरी नौमतीको अझ नयाँ धुनहरू र ठाउँ ठाउँका धुनहरू समाबेस गर्नु सकिन्छ भन्नेमा बृहत छलफल भएको थियो। नौमतीमा अंग्रेजी भाकाहरू पनि समावेश गरी तालिम गर्ने समूहका सदस्य तिल थापाले राखेको प्रस्ताव र ओम बुराथोकीले राखेको अन्य नेपाली धुनहरू जस्तै बाँसुरी, सारड्गी, मादल जस्ता धुनहरू पनि राख्ने प्रस्तावमा समूहले छिट्टै सामूहिकरूपमा तालिम गर्ने निर्णय गरेको छ।
समूहले पाचौं कार्यकालका निम्ती ओमप्रसाद थापालाई नै प्रमुख संयोजक नियुक्त गरेको छ साथै कोषाध्यक्षमा पूर्ण बलाल र बाजा संरक्षक तथा मेन्टिनेन्स संयोजकमा भिम थापा सर्बसहमतिले नियुक्ति भएका छन् । सभामा बीर बलालले समूहको अनुशासनमा विचार पुर्याउन सुझाव दिएका थिए भने लाल काउचाले ग्राहकको माग अनुसार प्रस्तुति दिनपर्ने धारणाा राखेका थिए । यस्तै, तोप पल्लीले टुटेर होईन जुटेर समूहको विकास गर्नमा जोड दिएका थिए भने राम गलामीले समूहभित्रका कुरा समूहभित्रै छलफल गर्ने र कसरी यो भन्दा राम्रो गर्नु सकिन्छ भन्नेमा लाग्न सुझाव दिए ।
कार्यक्रमको अन्त्यमा प्रमुख संयोजक ओम थापाले पाँच वर्षदेखि आजसम्म विश्वास गरी समूहको प्रमुख संयोजक ज़िम्मेवारी दिएकोमा धन्यवाद दिँदै समूहलाई भविष्य अझ राम्रो गर्ने प्रतिवद्दता व्यक्त गरेका थिए ।
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?