विश्व नेपाली साहित्य महासङ्घको महासचिवमा डा. काफ्ले

Lekhnath pande
लण्डन । विश्व नेपाली साहित्य महासङ्घको विशेष ईबैठकले डा. लेखनाथ काफ्लेलाई महासचिवमा चयन गरेको छ ।
निवर्तमान महासचिव समदर्शी काँइलाले दिएको राजीनामालाई स्वीकृत गर्दै बैठकले डा. काफ्लेलाई सो पदमा चयन गरेको हो ।
नवनियुक्त महासचिव डा. काफ्लेलाई अध्यक्ष विश्वास दीप तिगेलाले सफथ ग्रहण गराए ।
डा. काफ्लेले साहित्य महासङ्घलाई विश्वभर छरिएर रहेका नेपाली पहिचान बोकेकाहरुको साझा संस्था बनाउन आफूले सक्दो भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए ।
बुटवल घर भई विगत ११ वर्षदेखि ताइवानमा रहदै आएका काफ्लेले नेशनल ताइवान युनिभर्सिटीबाट किट विज्ञान विषयमा विद्यावारिधि गरेका छन् । यसअघि उनी महासंघका केन्द्रीय सदस्य थिए । काफ्लेले अनलाइन साहित्यिक पत्रिका ‘मूलबटो’ को सम्पादन गर्दै आएका छन्
बैठकले डा. गोविन्दराज भट्टराईलाई पनि दोस्रो पटक सल्लाहकारमा चयन गरेको छ भने आसामका साहित्यकार रेवतीरमण तिमिल्सिनालाई केन्द्रीय पार्षदमा मनोनयन गरेको छ ।
बैठकले निर्वतमान महासचिव काइँलाले कार्यालयमा जिम्मेवारी बढेको कारणा दर्शाउँदै राजिनामा दिएका थिए । उनी महासचिवबाट राजिनामा दिए पनि आजीवन सदस्य रहने बताइएको छ ।
बैठकमा तत्कालै ३ वटा मुलुकमा नयाँ शाखा विस्तार गरिने पनि जानकारी गराइएको थियो ।
औपचारिक बैठकको विसर्जन लगत्तै गजल र कविताहरु वाचन गरिएको थियो ।
महासङ्घको १७ मुलुकमा २३ शाखाहरु रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री