काठमाडौं। बेलायतको संसदीय समितिले भ्रष्टाचार नियन्त्रण र कमजोर शासन प्रणाली सुधार नगरिए नेपाललाई दिँदै आएको सहयोग कटौती गर्न शुक्रबार बेलायत सरकारलाई निर्देशन दिएको छ ।
अन्तर्राष्ट्रिय विकास समिति (आइडिसी)ले ‘डिपार्टमेन्ट फर इन्टरनेसनल डेभलपमेन्ट (डिएफआइडी) को सहयोगबाट नेपालमा स्वास्थ्य, खानेपानी, सरसफाइ आदिमा व्यापक सुधार भएपनि शासन प्रणालीमा सुधार नभएकाले सहयोग गरिरहनुको अर्थ नभएको जनाएको छ। बेलायत सरकारले नेपाललाई यो वर्ष ८ करोड ६० लाख पाउन्ड सहयोग गरेको छ।
डिएफआइडीले मानव ओसारपसार, बालविवाह, घरेलु हिंसा र हत्याको जोखिममा रहेका नेपाली महिला र बालिकाहरुको आवश्यकतालाई सम्बोधन गर्न, समाजिक मान्यता परिवर्तन गर्न र पीडितलाई न्याय सुनिश्चित गर्न पनि काम गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ।
‘नेपाल कमजोर सुशसान र भ्रष्टाचारको महामारीबाट नराम्रोसँग प्रभावित भएको छ,’ समितिका सभापति मालकोल्म ब्रुसले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
ट्रान्सपरेन्सी इन्टरनेसनलले जारी गरेको भ्रष्टाचारको सूचीमा नेपाल यस वर्ष १ सय २६ औं स्थानमा रहेको थियो। सन् २०१३ मा नेपाल १ सय १६ औं स्थानमा थियो। संसदीय समितिले स्थानीय गैर सरकारी संस्थासँग काम गर्नु समस्याको समाधान नभएको र यसो गर्दा दुवै संस्थालाई भ्रष्ट संस्था बनाउन सक्ने बताइएको छ।
यसै साता बेलायती संसदबाट पारित बिधेयकमा कुल ग्राहस्थ उत्पादनको शुन्य दशमलव सात प्रतिशत खर्च गर्ने बताइएको छ।
नेपालले बेलायतबाट प्राप्त गर्ने सहयोग सन् २०१४/२०१५ मा बढेको छ। सन् २०१३ मा नेपालले पाउने सहयोग रकम ५ करोड ५९ लाख पाउन्डबाट बढाएर यो वर्ष ८ करोड ६० लाख पाउन्ड पुर्याइएको छ। डिएफआइडीले सडक निर्माण, वन जंगल संरक्षण, विपत्ति व्यवस्थापन घटाउने जस्ता क्षेत्रमा काम गर्दै आएको प्रतिवेदनमा उल्लेख छ।
पाँच वर्षपछि पाकिस्तानी ध्वजाबाहक विमानले पुन: थाल्यो बेलायतका लागि उडान
रुकुम पश्चिम जिप दुर्घटना : मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो, १० जना घाइते [अपडेट]
अन्धाधुन्ध एन्टिबायोटिकको प्रयोगले जनस्वास्थ्यमा गम्भीर असर
रुकुम पश्चिममा जिप दुर्घटना सात जनाको मृत्यु, १० जना घाइते
अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार आरम्भ
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
तस्बिरमा हेर्नुहोस्, क्वोंने गुरुङ समाज यूकेका चेलीबेटीको चौथो वार्षिक भाइटिका तथा देउसो-भैलो कार्यक्रम
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत