मंगलबार, कार्तिक ११ २०७७ | Tue, October 27, 2020
नेपालको समय: ०६:३५ | UK Time: 00:50

ताप्लेजुङ आगलागी पीडितको सहयोगका लागि बेलायतबाट अभियान

वीनेपाली
२०७१ चैत १३ गते १२:०५
तस्विरः इकान्तिपुर

तस्विरः इकान्तिपुर

लन्डन । ताप्लेजुङ सदरमुकाम फुङलिङ नजिक गत साता भएको भिषण आगलागी पीडितको सहयोगका लागि बेलायतमा सहयोग अभियान शुरु भएको छ । प्रवासी नेपाली मञ्च यूकेले उक्त प्राकृतिक विपत्तिको मार खेपेका पीडितका लागि केही  राहत संकलनको पहल गरेको हो ।
मञ्चका अध्यक्ष रामशरण सिम्खडाले सरकारले गरेन भनेर दोष र गाली गर्दैमा दुःखेको मनमा मलम पट्टी नलाग्ने जनाउंदै  देश विदेशमा बस्ने नेपालीले पीडितको सहयोग गर्नु प्रमुख दायित्व हुने बताएका छन् । मञ्चले यस्तो परिस्थितिमा धेरथोर सहयोग गर्न अपिल समेत गरेको छ ।

आगलागीबाट ४४ घर ध्वस्त भए भने ११८ परिवार विस्थापित भएको जनाइएको छ ।

सहयोग गर्न चाहनेका लागिः

यूके:

RS SIMKHADA

BARCLAYS BANK

A/C NO.60121118,

S/C: 20-16-99

नेपालः

TEJ PRASAD KHARAL

PRABHU BANK

00101000026514000001

 

थप जानकारीको लागि यूके 0044 7950435065 रामशरण, 00977 98510 19528 सेमन्त नेपाल)

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक