लण्डन । बेलायतस्थित नेपाली व्यापारिक समूह एभरेष्ट इन ग्रुपले नर्थ हृयाम्पटनसियरमा नयाँ रेष्टुरेन्ट खोलेको छ ।
यसअघि दर्जनौँ अवार्डहरु जितिसकेको इभरेष्ट इन रेस्टुरेन्टको नयाँ रेष्टुरेन्टको उद्घाटन स्थानिय केटरिंग मेयर डंकन बेन र बेलायतका लागि नेपालका कार्यबाहक राजदूत तेजबहादुर क्षेत्रीले गरेका थिए ।
आफ्नो शहरमा नेपाली रेस्टुरेन्टलाई स्वागत गर्न पाउँदा खुशी लागेको मेयर बेनले बताए ।
करिब १५० जना पाहुनाको उपस्थितिमा भएको उद्घाटन समारोहमा स्थानीय काउन्सिलका उप कार्यकारी निर्देशक मार्टिन हृयामण्ड तथा एसिएन क्याटरिंग एसोसिएनका अध्यक्ष यावर खान र किंगफिसर वियरका वीरेन्द्र ऋषि लगायत सहभागी थिए ।
एभरेष्ट डाइन नाम दिइएको नयाँ रेष्टुरेन्टको उद्घाटनमा आएका पाहुनाहरुलाई एभरेष्ट इनका अनुभवी र विभिन्न अवार्ड विजेता सेफ शंकर पाण्डले स्वादिष्ट भोजन खुवाएका थिए ।
एभरेष्ट इन ग्रुपका संस्थापक तथा कार्यकारी निर्देशक पशुपति भण्डारीले अवार्ड जितिसकेको रेष्टुरेन्टलाई केटरिंग काउन्सिलमा स्थापना गर्न पाउँदा खुशी लागको बताए । आफूहरु युकेको अन्य भागमा पनि सफल हुनेमा शतप्रतिशत विश्वस्त रहेको उनको भनाइ थियो ।
स्थानीयबासीहरुसित नजिक रही काम गरेर नै अहिलेसम्म सफलता पाएको उल्लेख गर्दै उनले लगातार चार वर्ष एसिएन करी अवार्ड तथा सन् २०१४ को ब्रिटिश करी अवार्ड पाएको बताए ।
यसवर्ष नेपाल र बेलायतको दौत्य सम्बन्ध स्थापना भएको २०० वर्ष पुगेको उपलक्ष्यमा आफूहरुले नेपाली दूताबाससित मिलेर विभिन्न कार्यक्रममा भाग लिइरहेको उनले उल्लेख गरे ।
ग्रुपका निर्देशक यादव भण्डारीले संचालन गरेको कार्यक्रममा ग्रुपका विष्णु अर्याल, जीब पाण्डे, विशाल सापकोटा, राजन खरेल लगायत सहभागी थिए ।
कार्यक्रममा नेपाली साँस्कृतिक कार्यक्रम पनि पेश गरिएको थियो ।
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?