फक्स्टोन । विश्वब्यापी रुपमा मनाइने अर्थ आवरको अवसरमा युकेका नेपालीहरुले वातावरण सम्बन्धि साहित्यिक गोष्ठी आयोजना गरेका छन् ।
गोष्ठी यही आउँदो २८ मार्च शनिवारको दिन दिउँसो १ बजे फक्स्टोन चेरिटनको लेमनलिफ रेष्टुरेष्टको सभाकक्षमा हुने भएको छ ।
प्रत्येक वर्ष मार्च महिनाको अन्तिम शनिवारको दिनलाई विश्व वन्यजन्तु संरक्षण कोषले विश्वब्यापी अर्थ आवरका रुपमा सन् २००७ देखि मनाउँदै आएको छ ।
युकेमा रहेका नेपालीहरु पनि वातावरण बचाउने कार्यमा सुसूचित र सक्रिय हुनुपर्ने आवश्यकता औल्याउँदै समाजका सचेत वर्ग स्रष्टा सर्जकहरुले वातावरणीय साहित्यिक गोष्ठी गरिएको जनाएका छन् । गोष्ठीमा युकेका नेपाली वातावरणविद् विजय हितानले ‘जलवायु परिवर्तन रोक्न सकिन्छ, यसको मुख्य कारक हामी मानव जाति हौं’ भन्ने विषयमा बोलेपछि वातावरण सम्बन्धी कविता, गीत, गजल, मुक्तक आदि वाचन गर्दै विभिन्न विशिष्ट ब्यक्तित्वहरुबाट वातावरणीय साहित्यको बारे चर्चा गरिने बताइएको छ ।
युकेमा नेपालीहरुले सन् २००९ देखि निरन्तर अर्थ आवर मनाउँदै आएका छन् भने यसवर्ष विश्व नेपाली साहित्य महासङ्घ युकेको आयोजनामा सम्पन्न हुन गइरहेको कुरा महासङ्घ सदस्य रोसन मेवाहाँङले बताए । आमन्त्रित तथा इच्छुक सम्पूर्णलाई उपस्थितिको लागि पनि उनले अनुरोध गरे ।
युकेमा नेपालीहरुको वस्ती नयाँ भएकोले यस्ता महत्वपूर्ण सन्दर्भ र अवसरमा नेपालीहरुको संलग्नता हुनुपर्ने बुद्धिजीबीहरु बताउँछन् ।
स्मरण रहोस, अर्थ आवरको साँझ घर, पसल, रोड, कार्यालय आदिमा बत्ति निभाई वातावरण बचाउने तथा वातावरण बचाउने कार्यमा प्रतिबद्धतास्वरुप बेलुकी ८ः३० देखि ९ः३० बजेसम्म विश्वभर एकैसाथ बत्ति निभाउने प्रचलन छ ।
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य