लण्डन । नेपाली समुदायद्वारा लण्डनमा स्थापित युरोपकै पहिलो मानिएको प्लम्स्टिडस्थित पशुपतिनाथ मन्दिरले आगामी अगस्ट ९ मा प्रथम साधारण सभा गर्ने भएको छ ।
गत आइतवार मन्दिर परिसरमा बसेको मन्दिर संचालकको रुपमा रहेको ट्रष्टी बैठकले उक्त निर्णय गरेको हो ।
बैठकले साधारण सभा सफल पार्न ट्रष्टी दाशु पाण्डेको संयोजकत्वमा ट्रष्टीद्वय यादव भण्डारी र फत्त थापा सम्मिलित तीन सदस्यीय व्यवस्थापन समिति समेत गठन गरेको छ ।
गत फेब्रुवरीमा गर्ने भनिएको साधारण सभा मन्दिरमा भइरहेको मर्मत सम्भार लागायत कार्यले गर्दा पछाडि सार्नु परेको मन्दिर समितिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
मन्दिरले आगामी १७ देखि १९ जुलाईसम्म तीन दिने विशेष महायज्ञ पूजा संचालन समेत गर्ने भएको छ । मन्दिर संचालनको सहयोगार्थ आयोजना गर्न लागिएको उक्त महायज्ञ सम्पन्न गर्न पण्डित निलहरि घिमिरे तथा मन्दिर समितिका अध्यक्ष होम शर्माको संयोजकत्वमा पूजा व्यवस्थापन समिति गठन गरिएको छ । समितिका सदस्यहरुमा रोमनाथ पाण्डे, दुर्गा पाण्डे, विनोद ज्ञवाली, नगेन्द्र श्रेष्ठ, सरिता पौडेल, तुलसा शर्मा, तारा भट्टराई, सबिता गिरी र शुशिला भण्डारी छन् ।
त्यस्तै बैठकले मन्दिरको प्रस्तावित विधान ड्राफ्ट गर्ने जिम्मा ट्रष्टी कर्ण शाहीलाई दिएको छ । साथै मन्दिरको आय व्ययको लेखा परीक्षण गराउनको लागि ट्रष्टी सहदेव गिरीको संयोजनमा ट्रष्टीद्वय पशुपति भण्डारी र सुरज केसीलाई जिम्मा दिने निर्णय पनि गरिएको छ । बैठकमा अध्यक्ष्य होम शर्माले हालसालै सम्पन्न गरिएको मन्दिर मर्मत सम्भार कार्यको विवरण प्रस्तुत गरेका थिए ।
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य