लण्डन । नेपाली समुदायद्वारा लण्डनमा स्थापित युरोपकै पहिलो मानिएको प्लम्स्टिडस्थित पशुपतिनाथ मन्दिरले आगामी अगस्ट ९ मा प्रथम साधारण सभा गर्ने भएको छ ।
गत आइतवार मन्दिर परिसरमा बसेको मन्दिर संचालकको रुपमा रहेको ट्रष्टी बैठकले उक्त निर्णय गरेको हो ।
बैठकले साधारण सभा सफल पार्न ट्रष्टी दाशु पाण्डेको संयोजकत्वमा ट्रष्टीद्वय यादव भण्डारी र फत्त थापा सम्मिलित तीन सदस्यीय व्यवस्थापन समिति समेत गठन गरेको छ ।
गत फेब्रुवरीमा गर्ने भनिएको साधारण सभा मन्दिरमा भइरहेको मर्मत सम्भार लागायत कार्यले गर्दा पछाडि सार्नु परेको मन्दिर समितिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
मन्दिरले आगामी १७ देखि १९ जुलाईसम्म तीन दिने विशेष महायज्ञ पूजा संचालन समेत गर्ने भएको छ । मन्दिर संचालनको सहयोगार्थ आयोजना गर्न लागिएको उक्त महायज्ञ सम्पन्न गर्न पण्डित निलहरि घिमिरे तथा मन्दिर समितिका अध्यक्ष होम शर्माको संयोजकत्वमा पूजा व्यवस्थापन समिति गठन गरिएको छ । समितिका सदस्यहरुमा रोमनाथ पाण्डे, दुर्गा पाण्डे, विनोद ज्ञवाली, नगेन्द्र श्रेष्ठ, सरिता पौडेल, तुलसा शर्मा, तारा भट्टराई, सबिता गिरी र शुशिला भण्डारी छन् ।
त्यस्तै बैठकले मन्दिरको प्रस्तावित विधान ड्राफ्ट गर्ने जिम्मा ट्रष्टी कर्ण शाहीलाई दिएको छ । साथै मन्दिरको आय व्ययको लेखा परीक्षण गराउनको लागि ट्रष्टी सहदेव गिरीको संयोजनमा ट्रष्टीद्वय पशुपति भण्डारी र सुरज केसीलाई जिम्मा दिने निर्णय पनि गरिएको छ । बैठकमा अध्यक्ष्य होम शर्माले हालसालै सम्पन्न गरिएको मन्दिर मर्मत सम्भार कार्यको विवरण प्रस्तुत गरेका थिए ।
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभाग नेपालको प्रष्टोक्ति
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]