काठमाडौं।सत्तारुढ दल र प्रतिपक्षीबीच केही सातादेखि वार्तामा कुनै प्रगति नहुँदा संविधानसभा प्रक्रिया कसरी अघि बढ्ला भनेर अन्यौलको अवस्था सिर्जना भएको छ।
एकीकृत नेकपा माओवादी नेतृत्वको तीस दलीय मोर्चाले यस विषयमा आमहड्तालसहितको सडक आन्दोलन घोषणा गरेको छ भने सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले दिएको समय सीमा सकिन चार दिन मात्रै बाँकी छ।
४७ दिनको अन्तरालपछि फागुन ३० गते नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत नेकपा माओवादी र मधेशी मोर्चाबीच प्रधानमन्त्री निवास बालुवाटारमा वार्ता भएपनि सहमति निकाल्न मात्रै होइन परिस्थितीलाई अझै बिगार्ने काम गर्यो। वार्ता भएको एक दिनपछिनै विपक्षी मोर्चाले सत्तारुढ दल सहमतिका लागि गम्भीर नदेखिएको भन्दै आन्दोलनको एक महिना लामो कार्यक्रम घोषणा गरेको थियो।
यसैबीच सभाध्यक्ष नेम्वाङले बिहीबार शीर्ष नेताहरुको बैठक राखेका थिए तर त्यसमा कुनै सहमति बन्न सकेन। बैठकमा सभाध्यक्ष नेम्वाङले दलहरुलाई लामो समयसम्म संविधानसभाको बैठक रोक्न नसक्ने भन्दै विषयवस्तु वा प्रक्रियामा सहमति नगरे नियमावलीअनुसार अघि बन्ने जानकारी गराइसकेका छन्।
तर सभाध्यक्षको कार्यकक्ष सिंहदरवारमा आयोजित बैठकमा पनि नेताहरुबीच पहिलो जस्तै तर्क वितर्क गर्दै कुनै निष्कर्ष बिनानै सम्पन्न भयो। नेताहरुले बैठकमा पुरानै अडान दोहोर्याए। पछिल्लो समयमा झनै विवादलाई चर्काउने काम भएको नेताहरुको समेत बुझाइ छ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा