लन्डन । यातना मुद्दामा कर्णेल कुमार लामालाई निर्दोष वा दोषी छिनोफानो
गर्ने अपेक्षा गरिएको यसपटकको सुनुवाइ पनि धेरै चलेन । सेन्ट्रल लन्डनस्थित सेन्ट्रल क्रिमिनल कोर्ट, ओल्ड बेलीमा लामाको मुद्दामाथि तीनसातायता सुनुवाइ जारी थियो । यस क्रममा अभियोजन पक्षले दोभासे नभेट्टाएपछि गत मंगलबार १२ सदस्यीय
जुरीले अगष्ट दोश्रो सातासम्मका लागि सुनुवाइ स्थगित गरेको खवर प्रकाशित भयो । तर, दोभासे नपाएर मात्रै सुनुवाइ स्थगित भने नभएको निकट श्रोतको दावी छ ।
सुनुवाइका क्रममा दुई नेपाली दोभासे पहिल्यै थिए । ‘तर, लामाले इन्टरप्रेटर (दोभासे) को टिम नै चाहिन्छ भन्ने ताकेता र नेशनल रजिष्टर अफ पव्लिक सर्भिस् इन्टरप्रेटर्समा दर्ता भएको अनि इन्टरप्रेटिङमा डिग्री गरेको मानिस चाहियो भनेपछि त्यो उपलव्ध गराउन तत्काल सम्भव भएन’, निकट श्रोतले भन्यो, ‘लामाले दोभासेको बहानामा ट्रायल पर सार्न खोजेको देखियो ।’
बेलायतको इष्टर अनि समर विदा सकिएपछिमात्र पुनः सुनुवाइ शुरु हुने अनुमान गरिएको छ । त्यसअघि आगामी १० अप्रिलमा वादी प्रतिवादी पक्ष अनि न्यायधिशहरुको छलफलले सुनुवाइको नयां मिति तोक्ने र जुरी समेत नयां गठन गर्ने अनुमान छ ।
नेपाल सरकार र माओवादी सशस्त्र युद्धताका दुई बन्दीलाई यातना दिएको अभियोग लामामाथि छ । उनलाई ब्रिटिश डोमेष्टिक ल (क्रिमिनल जस्टिस् एक्ट १९८८ (१३४) अन्तर्गत मुद्दा लगाइएको हो ।
दक्षिणी सुडानमा शान्ति सेनाको नेतृत्व सम्हालिरहेका लामा विदामा परिवार भेट्न बेलायत आउंदा सन् २०१३, ३ जनवरीमा एक्कासी समातिएका थिए ।
चेम्स्फोर्ड क्राउन कोर्ट इसेक्स्को आदेश अनुसार पक्राउ परेको करिब अढाइ महिनापछि सन् २०१३, १५ मार्चमा जमानतमा रिहा भएका लामा त्यस यता इलेक्ट्रोनिक ट्यागिङको निगरानीमा छन् ।
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?