लन्डन । बेलायतमा कार्यरत नेपाली चिकित्सकहरुमाथि बेलाबेला एउटा आक्षेप लाग्ने गर्छ–उनीहरु नेपाली समुदायमा घुलमिल भएनन्, मर्दा पर्दा सरसहयोग गरेनन् । तर, सबैलाई यो आरोप लगाए अन्याय हुनेछ किनकि त्यो कुरा गलत सावित गरिदिएका छन् डा. कपिल रिजालले ।
उनको आफ्नै परिचय काफी छ बेलायतको नेपाली समुदायमा तर जानकारीका लागि उनी हुन् नेपालका वरिष्ठ प्रसुति रोग विशेषज्ञ डा. भोला रिजालका सुपुत्र ।
सन् १९९३ मा बेलायत प्रवेश गरेका रिजाल दन्त चिकित्सक हुन् र हाल बेलायतमा उनका चारवटा ‘डेन्टल प्राक्टिस’ चालु छन् । उनले १५ जना डाक्टर र २० जना जति नर्सलाई जागिर दिएका छन् ।
यिनै समाजसेवी डाक्टरको पहलमा नेपालको धनकुटास्थित चुलाचुलीमा हेल्थ क्याम्प हुने तयारी अन्तिम चरणमा छ । नेपाल मेडिकल कलेज र ऊं नर्सिङ होमका अनुभवी चिकित्सक र नर्स सम्मिलित करिब ४० जनाको टोलीले आगामी २९ र ३० मार्चका दिन शिविर सञ्चालन गर्ने तयारी गरेको हो । शिविरमा नोवेल मेडिकल कलेज बिराटनगर र धरानबाट समेत स्वयंसेवी चिकित्सकहरुको सहभागिता रहने अपेक्षा छ । यसपटक करिब दशहजार विरामीको निशुल्क जांच र आवश्यक पर्नेलाई निशुल्क औषधि वितरण गर्ने योजना छ ।
गाइनो, सर्जरी, डेन्टल, आंखा, नाक, कान, घांटी, जोर्नी लगायत जांच र निशुल्क औषधि वितरण गरिने रिजालले जनाए । ‘गम्भीर विरामीलाई विराटनगर, धरानका अस्पताल र काठमाण्डौं ऊं नर्सिङ होमसम्म ल्याएर निशुल्क उपचार गर्ने हाम्रो सोच छ’–रिजाल भन्छन् ।
डा. भोला रिजालले आफ्नी आमाको नाममा स्थापना गरेको ललितादेवी ट्रष्ट, नेपाल मेडिकल कलेज र ऊं नर्सिङ होमको नाममा शिविर हुन लागेको हो । दुई वर्ष अघि उनकै पहलमा मुगुमा स्वास्थ्य शिविर सम्पन्न भएको थियो जसबाट करिब ७ हजार विरामी लाभान्वित भएका थिए ।
डा. रिजालले नेपालमा हुने हेल्थ क्याम्पको सहयोगार्थ यहां ‘फण्ड रेज’ अभियान समेत थालेका छन् । बेलायतस्थित एउटा च्यारिटी संस्था लिसा मे फाउण्डेशनमार्फत सहयोग संकलन जारी छ । ५ हजार पाउण्ड संकलन गर्ने उद्देश्यका साथ थालिएको अभियानमा यो समाचार लेख्दासम्म ३ हजार दुईसय पाउण्ड बढि संकलन भइसकेको छ । उनले संकलित रकममध्ये आधा (२५ सय पाउण्ड) नेपालको स्वास्थ्य शिविर र आधा फ्रिम्ली पार्क हस्पिटलमा उपचाररत प्रोस्टेट क्यान्सर विरामीलाई दिने योजना बनाएका छन् ।
डा. कपिलले अब हरेक १८ महिनामा नेपालमा यस्तै स्वास्थ्य शिविर विभिन्न जिल्लामा सञ्चालन गर्ने सोच रहेको समेत बताए । यसपटक उनलाई श्रीमति रजनी, १६ वर्षीया जेठी छोरी संगीता र ९ वर्षीय कान्छी छोरी ताराले पनि सघाउनेछन् ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा