लन्डन । बेलायतमा कार्यरत नेपाली चिकित्सकहरुमाथि बेलाबेला एउटा आक्षेप लाग्ने गर्छ–उनीहरु नेपाली समुदायमा घुलमिल भएनन्, मर्दा पर्दा सरसहयोग गरेनन् । तर, सबैलाई यो आरोप लगाए अन्याय हुनेछ किनकि त्यो कुरा गलत सावित गरिदिएका छन् डा. कपिल रिजालले ।
उनको आफ्नै परिचय काफी छ बेलायतको नेपाली समुदायमा तर जानकारीका लागि उनी हुन् नेपालका वरिष्ठ प्रसुति रोग विशेषज्ञ डा. भोला रिजालका सुपुत्र ।
सन् १९९३ मा बेलायत प्रवेश गरेका रिजाल दन्त चिकित्सक हुन् र हाल बेलायतमा उनका चारवटा ‘डेन्टल प्राक्टिस’ चालु छन् । उनले १५ जना डाक्टर र २० जना जति नर्सलाई जागिर दिएका छन् ।
यिनै समाजसेवी डाक्टरको पहलमा नेपालको धनकुटास्थित चुलाचुलीमा हेल्थ क्याम्प हुने तयारी अन्तिम चरणमा छ । नेपाल मेडिकल कलेज र ऊं नर्सिङ होमका अनुभवी चिकित्सक र नर्स सम्मिलित करिब ४० जनाको टोलीले आगामी २९ र ३० मार्चका दिन शिविर सञ्चालन गर्ने तयारी गरेको हो । शिविरमा नोवेल मेडिकल कलेज बिराटनगर र धरानबाट समेत स्वयंसेवी चिकित्सकहरुको सहभागिता रहने अपेक्षा छ । यसपटक करिब दशहजार विरामीको निशुल्क जांच र आवश्यक पर्नेलाई निशुल्क औषधि वितरण गर्ने योजना छ ।
गाइनो, सर्जरी, डेन्टल, आंखा, नाक, कान, घांटी, जोर्नी लगायत जांच र निशुल्क औषधि वितरण गरिने रिजालले जनाए । ‘गम्भीर विरामीलाई विराटनगर, धरानका अस्पताल र काठमाण्डौं ऊं नर्सिङ होमसम्म ल्याएर निशुल्क उपचार गर्ने हाम्रो सोच छ’–रिजाल भन्छन् ।
डा. भोला रिजालले आफ्नी आमाको नाममा स्थापना गरेको ललितादेवी ट्रष्ट, नेपाल मेडिकल कलेज र ऊं नर्सिङ होमको नाममा शिविर हुन लागेको हो । दुई वर्ष अघि उनकै पहलमा मुगुमा स्वास्थ्य शिविर सम्पन्न भएको थियो जसबाट करिब ७ हजार विरामी लाभान्वित भएका थिए ।
डा. रिजालले नेपालमा हुने हेल्थ क्याम्पको सहयोगार्थ यहां ‘फण्ड रेज’ अभियान समेत थालेका छन् । बेलायतस्थित एउटा च्यारिटी संस्था लिसा मे फाउण्डेशनमार्फत सहयोग संकलन जारी छ । ५ हजार पाउण्ड संकलन गर्ने उद्देश्यका साथ थालिएको अभियानमा यो समाचार लेख्दासम्म ३ हजार दुईसय पाउण्ड बढि संकलन भइसकेको छ । उनले संकलित रकममध्ये आधा (२५ सय पाउण्ड) नेपालको स्वास्थ्य शिविर र आधा फ्रिम्ली पार्क हस्पिटलमा उपचाररत प्रोस्टेट क्यान्सर विरामीलाई दिने योजना बनाएका छन् ।
डा. कपिलले अब हरेक १८ महिनामा नेपालमा यस्तै स्वास्थ्य शिविर विभिन्न जिल्लामा सञ्चालन गर्ने सोच रहेको समेत बताए । यसपटक उनलाई श्रीमति रजनी, १६ वर्षीया जेठी छोरी संगीता र ९ वर्षीय कान्छी छोरी ताराले पनि सघाउनेछन् ।
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
बेलायतीहरूको प्रेरणादायी यात्रामा आधारित ‘डकुमेन्ट्री फिल्म’ ‘द एभरेस्ट ड्रिम’को ‘प्रिमियर’
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग