काठमाडौं। विद्यार्थी जीवनको आइरन गेट भनि परिभाषित गरिदै आएको एसएलसी परीक्षामा यो वर्ष देशभरका पौने छ लाख विद्यार्थी सहभागी हुँदैछन्। कुल १ हजार ८ सय ६२ केन्द्रबाट हुने परीक्षामा ५ लाख ७४ हजार ६ सय ८५ परीक्षार्थी सहभागी हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ। यसमध्ये नियमिततर्फ ४ लाख २६ हजार २ सय १४ र एक्जेम्टेडतर्फ १ लाख ४५ हजार १ सय ८३ परीक्षार्थी छन् ।
एसएलसीको ८२ वर्षे इतिहासमा पहिलोपटक छात्रभन्दा छात्रा परीक्षार्थी संख्या बढी छ। नेपालमा १९९० सालदेखि एसएलसी परीक्षा सञ्चालन हुँदै अाएको छ। कार्यालयका अनुसार कुल परीक्षार्थीमध्ये २ लाख १३ हजार ७ सय १० छात्रा र २ लाख १२ हजार ५ सय ४ छात्रले एसएलसी दिँदैछन्। शिक्षासँग सम्बद्ध अधिकारीहरुले यसले छात्राहरुमा शिक्षाको पहुँच बढेको देखाएको बताएका छन् ।
शिक्षा सचिवको संयोजकत्वमा बसेको एसएलसी परीक्षा सञ्चालन तथा व्यवस्थापन बोर्ड बैठकले एसएलसी परीक्षामा सहभागी हुने हरेक परीक्षार्थीको विस्तृत विवरण वेबसाइटमा राखिने भएको छ।
परीक्षा सकिएको एक साताभित्रै विद्यार्थीको विवरण वेबसाइटमा राखिने छ। परीक्षा सकेपछि विद्यार्थीले आफ्नो विवरण हेरेर त्रुटि भएको रहेछ भने बेलैमा सच्याउन पाउने छन्।
यस वर्ष दृष्टिविहीनका हकमा पनि पनिकाले नयाँ व्यवस्था गरेको छ । विगतमा कक्षा ८ पढ्दै गरेका विद्यार्थी दृष्टिविहीनको सहयोगी बन्ने व्यवस्थाले उनीहरूलाई कठिनाइ परेको गुनासोका आधारमा कक्षा ९ अध्ययनरतलाई सहयोगी बनाउने निर्णय भएको छ । परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन यसै वर्षदेखि परीक्षार्थीले प्रश्नपत्रको माथि आफ्नो सिम्बोल नम्बर अनिवार्य लेख्नुपर्ने व्यवस्था गरिएको छ ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित