सोमबार, असोज ५ २०७७ | Mon, September 21, 2020
नेपालको समय: ०९:४१ | UK Time: 04:56

कर्णेल लामाको सुनुवाइ अगष्ट दोश्रो सातासम्मका लागि स्थगित

वीनेपाली
२०७१ चैत ३ गते २३:४२
तस्वीर: रोयटर्स

तस्वीर: रोयटर्स

लन्डन । दुई युद्धबन्दीलाई यातना दिएको अभियोगमा बेलायतमा मुद्दा खेपिरहेका नेपाली सेनाका कर्णेल कुमार लामाको सुनुवाइ स्थगित भएको छ ।
अभियोजन पक्षले दोभाषे नभेट्टाएपछि १२ सदस्यीय जुरीले मंगलबार अगष्ट दोश्रो सातासम्मका लागि सुनुवाइ स्थगित गरेको श्रोतले जनाएको छ ।
‘इष्टर अनि समर विदा पनि नजिक आएकाले त्यो सकिएपछि पुनः सुनुवाइ शुरु हुने अपेक्षा छ’, श्रोतले भन्यो । आगामी १० अप्रिलमा वादी प्रतिवादी अनि न्यायधिशहरुको छलफलले सुनुवाइको नयां मिति तोक्ने र जुरी समेत नयां गठन गर्ने अपेक्षा छ ।

सेन्ट्रल लन्डनस्थित सेन्ट्रल क्रिमिनल कोर्ट, ओल्ड बेलीमा लामाको मुद्दामाथि तीनसातायता सुनुवाइ जारी थियो । तर, लामालाई निर्दोष वा दोषी छिनोफानो गर्ने ठानिएको यस सुनुवाइमा ढिलाइ भइरहेको छ । हालसम्म अभियोजनतर्फबाट एकजना वकिलले मात्र वयान दिएकी बताइएको छ ।

लामामाथि ब्रिटिश डोमेष्टिक ल (क्रिमिनल जस्टिस् एक्ट १९८८ (१३४) अन्तर्गत मुद्दा छ । दक्षिणी सुडानमा शान्ति सेनाको नेतृत्व सम्हालिरहेका लामा विदामा परिवार भेट्न बेलायत आउंदा सन् २०१३, ३ जनवरीमा एक्कासी समातिएका थिए । 
चेम्स्फोर्ड क्राउन कोर्ट इसेक्स्को आदेश अनुसार पक्राउ परेको करिब अढाइ महिनापछि सन् २०१३, १५ मार्चमा जमानतमा रिहा भएका लामा त्यस यता इलेक्ट्रोनिक ट्यागिङको निगरानीमा छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक