काठमाडौं। नेपाली क्रिकेट राष्ट्रिय टोलीका कप्तान पारस खड्का बेलायती क्लबको तर्फबाट खेल्न मंगलाबार दुबई प्रस्थान गरेका छन्। इमिरेट्स एयरलाइन्स टि ट्वान्टी ट्रफीका लागि शुक्रबार हुने खेलमा खड्काले मार्लेवोन क्रिकेट क्लब (एमसिसी) को तर्फबाट प्रतिस्पर्धा गर्नेछन्।
लन्डनको सो क्लबले शुक्रबार बेलायती सर्रे काउन्टी क्रिकेट क्लबसँग सेमिफाइनल खेल्ने छ। अर्को सेमिफाइनल खेलमा योर्कसायर काउन्टी क्रिकेट क्लब र लान्कसायर काउन्टी क्रिकेट क्लबबीच खेल हुनेछ। सेमिफाइनलका विजेताले शुक्रबार नै फाइनल खेल्नेछन्। स्थानीय सञ्चार माध्यमसँग कुरा गर्दै खड्काले एमसिसीसँग प्रतिस्पर्धा गर्न पाउनु उनीसाथै नेपाली क्रिकेट खेलाडीका लागि ठूलो अवसर भएको बताए। ‘यो प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेर जाँदेछु। भविष्यमा अन्य नेपाली खेलाडीका लागि पनि यो प्लेटफर्म उपलब्ध हुनसक्छ’ खड्काले भने। उनले विश्व प्रसिद्ध खेलाडीसँग खेल्न पाउनु राम्रो अनुभव हुने बताए ।
बेलायतका टेस्ट खेलाडी निक कोम्पटोनको नेतृत्वमा एससिसीको टोली हुनेछन। सो टोलीमा बेलायतका पूर्व कप्तान एलिस्टर कुक, माइकल कारबेरीको साथै जेम्स हिल्ब्रेथ, जाफर अन्सारी, ड्यार्ली मिचलेट, साम बिलिङ्स, म्याथु डुन, क्रिस रुसवर्थ, ग्राहम ओनिअन, एडम रेली हुने छन्। भारतीय क्रिकेटर युवराज सिंह पनि सो टोलीमा संलग्न छन्।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा