रेडिङ । ग्रेटर रेडिङ नेपाली समाजको छैठौं अधिवेशनले १५ सदस्यीय नयां कार्यसमिति चयन गरेको छ । रेडिङ्को सिमेन्ट्री जक्सनस्थित कम्यूनिटी हलमा सम्पन्न अधिवेशनले मानबहादुर गुरुङ्को अध्यक्षतामा उपाध्यक्षद्धय उषा गुरुङ र दाव साङ्गे शेर्पा, महासचिव नवराज न्यौपाने, सचिव योगराज लिम्बु, कोषाध्यक्ष दिपक गुरुङ र सदस्यहरुमा टेकबहादुर गुरुङ, श्रीमती सुसिला गुरुङ, इमान सिंह राई, दहन लामा, लखमान लामा, हुप थापा, यूवराज गुरुङ, हिरा पुन, विषन गुरुङ चयन गरेको छ । नवनिर्वाचित सदस्यहरुलाई निर्वाचन आयोगका अध्यक्ष डा. कृष्ण रेग्मीले पद तथा गोपनियताको शपथ ख्वाएका थिए ।
निर्वाचन आयोगका अध्यक्ष डा. कृष्ण रेग्मी र सदस्यहरु ढक गुरुङ्ग, अर्जुन बस्नेत, विश्व आदर्श पण्डित र कुमार केसी रहेको निर्वाचन आयोगले १३ मार्च सम्म कार्य समितिको विभिन्न पदमा दरखास्त दिन आव्हान गरे अनुसार जम्मा १५ पदमा दरखास्त परेको थियो ।
दुई चरणमा भएको कार्यक्रमको खुल्ला सत्र समाजका अध्यक्ष कृति विलास पन्तको अध्यक्षतामा सञ्चालन भएको थियो । मन्तव्यका क्रममा पन्तले समाजले गर्न सके जति र समाजलाई दिन सके जति कार्य आफ्नो नेतृत्वमा भएको बताउंदै सबैप्रति आभार व्यक्त गरे ।
कार्यक्रममा समाजका उपाध्यक्ष डा. नबीन आचार्यले धन्यवाद दिए । विभिन्न संगठनको तर्फबाट पास पुचका भूतपूर्व अध्यक्षले सम्मेलन सफलताको शुभकामना मन्तब्य दिए । शुभकामना मन्तब्यकै क्रममा बोर्ड अफ ट्रष्टीको तर्फबाट ट्रष्टी तथा समाजका सल्लाहकार ढकबहादुर गुरुङले समाजमा रेडिङमा रहेका विभिन्न संगठनका अध्यक्षहरु पदेन सदस्य हुनु पर्ने प्रस्ताव राखेका थिए । यसो गरे मात्र भावनात्मक रुपले यो समाज रेडिङ्गका सम्पूर्ण संस्थाको साझा समाज हुनेमा उनको जोड थियो । सोही कार्यक्रममा संस्थापक अध्यक्ष डा. चन्द्र बहादुर गुरुङ्गले समाज गठन देखि हालसम्मका उतारचढाव र प्रगतिबारे बताए ।
पहिलो सत्रको कार्यक्रममा संयोजक तथा समाजका उपाध्यक्ष भिमसेन खड्काले कार्यक्रम ब्यवस्थापनमा भएका कार्य बिवरणको विषयमा स्पष्ट पारेका थिए । समाजका महासचिव यादव श्रेष्ठले सञ्चालन गरेको उक्त कार्यक्रममा आफू समाज विरोधी भनेर प्रचार भएकोमा दुःख लागेको बताउंदै त्यो भ्रम यहीं अन्त होस् भन्ने कामना गरे । दोश्रो सत्रमा महासचिव श्रेष्ठले समाजको कार्य प्रगतिको प्रतिवेदन र कोषाध्यक्ष मदन उप्रेतीले आर्थिक प्रतिवेदन प्रस्तुत गरे । कोषाध्यक्ष उप्रेतीले बेलायत सरकारले उपलब्ध गराउने रकम लगभग चौध हजार पाउण्ड फ्रिज भएकोले आगामी कार्यकालमा यो रकमको सदुपयोग होस भन्नेमा जोड दिएका थिए ।
नवनिर्वाचित अध्यक्ष मानबहादुर गुरुङ्ले समाज अगाडि बढाउन आफूले दस बुदें कार्य योजना सार्वजनिक गरिसकेको र त्यहि रोडम्याप अनुसार अगाडी बढाउने प्रतिवद्धता जाहेर गरे । अधिवेशनकै दिन नयां कार्य समितिको बैठक बसी अध्यक्षको प्रतिवद्धता पत्र लागू गर्ने र नयां वर्ष मनाउने एजेण्डामा छलफल गरेको थियो ।
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य