बुधबार, असोज १४ २०७७ | Wed, September 30, 2020
नेपालको समय: १४:५२ | UK Time: 10:07

बालिका बलात्कार घट्नाको बेलायतबाट भर्त्सना

वीनेपाली
२०७१ चैत १ गते १२:२३

लन्डन । ६ वर्षीया बालिका पूजा शाहको बलात्कारपछि उपचारका क्रममा निधन भएको घट्नाले बेलायतस्थित नेपाली महिला संगठनहरु स्तव्ध भएका छन् । उनीहरुले एक संयुक्त विज्ञप्ति जारी गर्दै घट्नाको कडा शव्दमा भर्त्सना समेत गरेका छन् ।

ति संगठनले घट्नालाई अत्यन्त निन्दनीय, संवेदनाहीन र अमानवीय बताउंदै दोषीलाई कानुनको कठघरामा उभ्याएर कडा भन्दा कडा कारवाही गर्न नेपाल सरकारसंग माग गरेका छन् । साथै पीडित परिवारलाई न्यायोचित अधिकतम रकम क्षतिपूर्ति उपलव्ध गराउन पनि उनीहरुको जोडदार माग छ ।

नेपाल आदिवासी जनजाति महिला महासंघ बेलायत, नेपलिज नर्सिङ एसोसिएसन यूके, किरांत याक्थुङ चुम्लुङ महिला समिति यूके, नेपाली महिला समिति यूके, नेपलिज वुमन एसोसिएसन यूके, मगर महिला संघ यूके र तमुधिं आमा समूह यूकेले यस किसिमको अक्षम्य एवं निकृष्ट शैलीको महिला हिंसा अन्त्य गर्न सरकारसंग माग समेत गरेका छन् ।

बलात्कारपछि कान्तिवाल हस्पिटल भर्ना गरिएकी ति बालिकाको उपचारका क्रममा १६ दिनपछि निधन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक