लन्डन । चाल्टर्न नेपाली समाज युकेले नेपाली समुदायका घरहरुमा बढदो चोरी समस्यालाई मध्यनजर गर्दै स्थानिय निकाय र सुरक्षा अधिकारीहरुको सहकार्यमा एउटा कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । समाजको आयोजनामा स्थानिय चार्ल्टन हाउसमा संचालन गरिएको उक्त भेलामा मेट्रोपोलिटन पुलिस सेफर नेबरहुडका अधिकारी थोमस अट, काउन्सिलरहरु म्याथ्यु पेनिकुक, ग्यारी पार्कर, आलन मकार्थी तथा अपराध छानबिन बिभाग ( सी आई डी ) का ड्यानियल स्मिथ र साइमन कुथ्बर्गको सहभागिता थियो । उनीहरुले समुदायको सुरक्षा सम्बन्धि चासो सम्बोधन गर्न आफूहरु तत्पर रहेको बताए । तथ्यांकगत रुपमा चार्ल्टन ईलाकामा अपराध घटेको देखिए पनि नेपाली समुदायका घरहरुमा बढ्दै गइरहेको चोरी रोकथाम गर्न सकिने उपायहरुबारे क्याबिनेट बैठकमा कुरा उठाउने आस्वाशन समेत उनीहरुले दिए ।
मेट्रोपोलिटन पुलिसको तर्फबाट बोल्दै कन्स्टेबल थोमस अटले समुदायसंगको आपसी सहकार्य र अपराध सम्बन्धि सतर्कता लाभदायक हुने बताए । त्यस्तै छलफलमा आफ्नो धारणा राख्दै सी आई डी अफिसरहरुले अपराधि पत्ता लगाउने पहिलो आधार नै सूचना भएकोले सु सुचित हुने र आफूहरुलाई सुचित गर्नु पर्ने कुरामा जोड दिए । साथै उनीहरुले आफ्नो घरमालको सुरक्षा प्रवन्ध कसरी गर्ने भन्ने बारे प्रकाश पारे ।
समाजका अध्यक्ष रोमनाथ पाण्डेको सभापतित्वमा सम्पन्न गोष्ठीको संचालन सचिव टि एन रिजाल र मंजु खरेलले गरेका थिए । उपाध्यक्ष टंक कंडेलले स्वागत मतब्य दिए । समाजका सल्लाहकार द्वय एल एन पाण्डे र यादब भण्डारीले वृहत प्रिजेण्टेशन प्रस्तुत गर्दै चोरीको शिकार बन्दा हुने सुरक्षा आत्मविश्वासको कमी र दुरगामी भावनात्मक असरको ब्यापक चर्चा गरे ।
त्यसैगरी सल्लाहकार नरेन्द्र कंडेलले कार्यशाला गोष्ठीको नतिजा सम्बन्धि चर्चा गरे भने अर्का सल्लाहकार फत्त थापाले धन्यबाद ज्ञापन गरे । तत्पश्चात गरिएको प्रश्नोत्तर सेशनमा चोरीको चपेटामा परेका दर्जनौ सहभागीले आ आफ्ना घरमा चोरी हुंदाको अनुभव र सुरक्षा चासो सम्बन्धिबारे खुलेर बताए ।
अन्त्यमा सहभागीहरुप्रति आभार व्यक्त गर्दै अध्यक्ष रोमनाथ पाण्डेले कार्यक्रम लाभमुलक हुने विश्वास व्यक्त गरे । कार्यक्रममा आयोजकहरुले अपेक्षाकृत भन्दा कम बताए पनि स्थानिय नेपाली समुदायको उल्लेख्य उपस्थिति थियो ।
साउथ ईस्ट लण्डनको चार्ल्टनवासी नेपालीहरुको साझा संस्था चार्ल्टन नेपाली समाजको प्रत्यक्ष जन सरोकारको यो पहलकदमीलाई सबैले मुक्तकण्ठले सराहना गरेका छन । “नेपाली समुदायका घरहरुमा हुने चोरी तुरुन्तै कम गर्न सकिने भन्दा पनि सम्बन्धित निकायसम्म हाम्रो आवाज पुर्याउन आजको कार्यक्रम उपयोगी भएको छ” एक सहभागीले बताए ।
सरल छविका थिए प्रशान्त तामाङ
नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका १२१ घटना
इरानमा चर्किँदै सरकारविरोधी प्रदर्शन, मृतक सङ्ख्या ५४४ पुग्यो
पूर्व गोर्खा सैनिक हरिबहादुर बुढामगरद्वारा कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण
झापाली समाज यूकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा टंक भट्टराई
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
साझा नेपाली समाज यूकेको अध्यक्षमा नारायण फुँयाल चयन
थारु कल्याणकारिणी सभा यूकेले दोस्रो माघी महोत्सव मनाउने
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
प्रतिवेदन भन्छ – ‘करीव ७० लाख अष्ट्रेलियालीहरू घातक जङ्गली आगोको जोखिममा रहेको क्षेत्रमा बस्छन्’