लण्डन । बेलायतमा नेपालीहरुको सबैभन्दा पुरानो संस्था यति नेपाली एसोसिएसन युकेले चितवनका चेपाङ् परिवारलाई एउटा घर निर्माणमा सहयोग गरिदिने भएको छ।
सन् १९६० मा स्थापना भएको उक्त संस्थाले प्रत्येक वर्ष नेपालमा सहयोग पठाउँदै आएको थियो।
यो वर्ष चेपाङ्का लागि घर निर्माण गरिरहेको लक्ष्मी प्रष्ठिानमार्फत उक्त संस्थाले घर बनाउन सहयोग पठाएको हो। घर निर्माण गर्न संस्थाले १ लाख ६ हजार रुपैंया पठाएको छ ।
उक्त रकम संस्थाका सम्पूर्ण काय॔कारी सदस्यहरूबाट रु ९० हजार र थप रकम संस्थाकी आजीवन सदस्य एवं समाजसेवी पिपला पाण्डे देवानबाट रू १६ हजार संकलन गरिएको थियो । उक्त रकम संकलन गन॔ संस्थाका सचिव कृष्ण प्रसाद शमा॔लाई संयोजक तोकिएको थियो ।
लक्ष्मी प्रतिष्ठान आफ्ना दुई जवान छोरा ९ महिना बिचमा सडक दुर्घटना निधन भएपछि उनीहरुको सम्झनास्वरुप स्थापना भएको संस्था हो। छोटो समयमै यो संस्थाले सडक दुर्घटना सचेतना कार्यक्रम, अनाथ वालवालिका एवं गरिवी न्युनिकरणसम्बन्धी काम गरिरहेको छ।
यो संस्थाले चितवनको अति विकट गाउँ लोथर गाउँमा ८५ वटा घर बनाइरहेको छ। त्यसबाहेक उनीहरुलाई खेती गर्न सिकाउने, आत्मनिर्भर बनाउने काम गरिरहेको छ।
‘लक्ष्मी प्रतिष्ठानको कामबाट प्रभावित भएर हामीले सानो सहयोग गरेका हौं’ यति नेपाली एसोसिएसनका सचिव कृष्णप्रसाद शर्माले सहयोग रकम सम्बन्धमा भने, ‘थोपा थोपा मिलेर सागर बन्छ भन्ने कुरालाई आत्मसाथ गर्दै हामीले पनि चेपाङ् परिवारलाई सहयोग गरेका हौं।’ उक्त रकम यति नेपाली एसोसिएसनका तर्फबाट पत्रकार अश्विनी कोइरालाले लक्ष्मी प्रतिष्ठानका अध्यक्ष विष्णु गौतमलाई प्रदान गरेका थिए।
नेपाली मूलका विदेशी नागरिक र एनआरएनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
गायक तथा सर्जक वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ बजारमा
एनआरएनका लागि नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा अलग्गै डेस्क राखिने
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित