लण्डन । गुल्मी जिल्लाको हरेबा गाविस वडा नम्बर १ झापकमा खेलमैदान निर्माणका लागि युकेमा रहेका झापकबासीहरुले आर्थिक सहयोग गरेका छन् ।
झापकमा जन्मिई हाल बेलायतमा बसोबारस गुल्मी जिल्ला समाज युकेका संस्थापक अध्यक्ष तथा प्रथम नौमती बाजा गुल्मी युकेका प्रमुख संयोजक ओमप्रसाद थापा काऊचाको पहलमा झापकबासीहरुले १ लाख ५२ हजार ५०० रुपियाँ खेलमैदान बनाउन सहयोग गरेका हुन् ।
सो सहयोग राशी हालै एम्बुलेन्स हस्तान्तरण गर्न गुल्मी गएको गुल्मी जिल्ला समाज युकेको प्रतिनिधिमण्डलले हस्तान्तरण गरेको थापाले जानकारी दिए ।
खेल र संस्कृतिको मान झापकको सान भन्ने नाराको साथ गुल्मी जिल्लाको पूर्व क्षेत्र नम्बर १ मा पर्ने शान्तिपुर ईलाकाको नजिकैको हरेबामा बन्ने क्षेत्रीय खेलकुद मैदानले युवावर्गमा सकारात्मक प्रभाव पार्ने थापाको अपेक्षा छ ।
खेल मैदानका लागि बेलायतबाट सहयोग पठाउनेहरुमा ओमप्रसाद थापा काउचा ५० हजार, चन्द्रबहादुर काउचा ३० हजार, नन्द गलामी २५ हजार, किसान पुन पार्वती दगामी पुन २० हजार, मिलन थापा काउचा ७५००, चन्द्रबहादुर थापा काउचा हाल मकाउ ५०००, राम गलामी ५०००, मोती पुन ५००० र विनोद ज्ञवाली ५००० छन् ।
यसैबीच झापकमा झरना युवा क्लवको आयोजनामा यही फागुन ११ देखि १६ गतेसम्म विभिन्न खेलकुद तथा साँस्कृतिक कार्यक्रमहरु आयोजना गरिएको छ । नेपालका राष्ट्रियस्तरका कलाकारको उपस्थितिमा भएको सो कार्यक्रममा विभिन्न खेलकुदका साथै साँस्कृतिक कार्यक्रमहरुको प्रतिस्पर्धा गराइएको थियो ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने