
लन्डन । बेलायतमा महिला हकहितका लागि गठित एउटा स्वयंसेवी संस्था एसियन महिला एसोसिएसन (आमा) ले पहिलो पटक १०५ औं अन्तर्राष्टिय नारी दिवस मनाएको छ । गत मार्च ८ तारिखका दिन अल्डरसटस्थित भेटघाट रेष्टुरेन्टमा आयोजित नारी दिवसमा स्थानीय महिला अगुवाहरुको उल्लेख्य उपस्थिति थियो ।
कार्यक्रममा अतिथी वक्ताहरु पिसी निलम राईले अपराध र सचेतना, अल्डरसट सिटिजन ब्युरोमा कार्यरत मिना पुनले घरेलु हिंसा तथा कल्पना गौचनले महिला स्वास्थ्य विषयमा मन्तव्य दिएका थिए ।
आमाले कार्यक्रममा डोनेसन बक्स राखेर चारसय एक पाउण्ड बीस पेन्स् समेत संकलन गरेको छ जुन रकम ब्लड क्यान्सर पीडित अन्जु कार्की र अर्को संस्था रक्षा नेपालका लागि दिइने जनाइएको छ । रक्षा नेपालले यौन शोषणमा परेका महिला तथा बालिकाहरुको हितमा काम गर्दै आएको छ ।
कार्यक्रममा समाजसेवी महिलाहरु नन्दकुमारी गुरुङ, मन्जु गुरुङ, छवीमाया पुन, पद्मा थापा, शान्ति थापा, साइ सेन्टरकी अध्यक्ष सुष्मा गुरुङ, मिस यूके नेपाल आयोजना गर्ने इभेन्ट एण्ड आइडियाज्की निर्देशक शान्ति गुरुङ, तमुधिं यूके आमा समूहकी पवित्रा गुरुङ, तमुधिं यूके आमा समूहकी पूर्व अध्यक्ष पुनम गुरुङ, एनआरएनए यूके आइसीसी सदस्य सुष्मा राई, मिसन टु हेल्प नेपालकी अध्यक्ष बबी लामा, मिस यूके नेपाल २०११ गौमाया गुरुङ, मद्दत समूहकी संस्थापक अमान्डा लि लगायत सयौं उपस्थित थिए ।
‘महिलाका लागि महिला’ भन्ने नारा लिएर सन् २००६ जुनमा स्थापित उक्त संस्था शुरुमा साउथ इष्ट नेपाली महिला समूहका नामले चिनिन्थ्यो । संस्थाले बेलायतमा रहेका नेपाली महिलाहरुको सशक्तिकरणका लागि प्रत्येक महिनाको पहिलो आइतबार निशुल्क कफी मिटिङ गरेर एकापसमा अन्तरसंवाद कार्यक्रम समेत गर्दै आएको छ ।
उक्त संस्थाले च्यारिटी गर्ने पवित्र उद्देश्य लिएर प्रत्येक वर्ष आयोजना गर्ने तीज कार्यक्रम लोकप्रिय छ । गत वर्ष झण्डै दुई हजारको सहभागितामा तीज कार्यक्रम गरेको उक्त संस्थाले आगामी तीज १२ सेप्टेम्बरमा सामुयल कोडी फार्नवोरोमा गर्ने तय गरिसकेको छ ।
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
बेलायतीहरूको प्रेरणादायी यात्रामा आधारित ‘डकुमेन्ट्री फिल्म’ ‘द एभरेस्ट ड्रिम’को ‘प्रिमियर’
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग