आदिवासी जनजाति महिलाले बेलायतमा मनाए अन्तर्राष्ट्रिय नारी दिवस

11043188_10202222231555592_5863301889917940194_n
लण्डन । नेपाल आदिबासी जनजाति महिला महासंघ बेलायतको आयोजनामा १०५ औं अन्तर्राष्ट्रिय नारी दिवस गत आईतवार ८ मार्च २०१५ को दिन अल्डरशटस्थित निरमाया रोधीघरमा मनाइयो ।
महासङ्घकी अध्यक्ष कमला थापाको सभापतित्वमा भएको उक्त कार्यक्रक्रममा नेपाल आदिबासी जनजाति महासङ्घका अध्यक्ष सिरी प्रसाद लिम्बु प्रमुख अतिथि, गत वर्षकी मदन पुरस्कार विजेता साहित्यकार, समाजसेवी तथा नर्स राधा पौडेल विशेष अतिथि रहेका थिए ।
कार्यक्रमको आरम्भमा सभापति ,प्रमुख अतिथि र बिशेष अतिथिबाट पानसमा दिप प्रज्वलन गरिनुको साथै नेपालको राष्ट्रिय गीत र आदिबासी गीत गाएर कार्यक्रमको समुद्घाटन गरिएको थियो ।
कोषाध्यक्ष बशुन्धरा राईले स्वास्थ्य र सुरक्षाको बारेमा कार्यक्रममा जानकारी गराएकी थिइन् भने उपाध्यक्ष बिमला कुमारी राईले स्वागत मन्तब्य दिनुको साथै अन्तर्राष्ट्रिय नारी दिवसको बारेमा प्रकाश पारेकी थिइन् ।
साहित्यकार विश्वासदीप तिगेलाले बेलायतमा नेपाली नारीहरुको प्रवेश, इतिहासदेखि बर्तमानसम्म उनीहरुको प्रगति, चुनौती, समस्या र अन्य विविध पक्षहरु समेटिएको एक अत्यन्त खोजमुलक कार्यपत्र प्रस्तुत गरेका थिए ।
बेलायतमा नेपाली शिक्षित नारीहरु नर्सिङ्ग पेशामा सबै भन्दा माथि, बौद्धिक र निर्णायक भूमिका, संचार,ब्यापार ब्यबसाय, समाज सेवा र अन्यमा बिस्तारै उपस्थिति बढ्दै गएको अवस्था भए पनि अन्य कम लेखपढ भएका मजदुर वर्गमा काम गर्ने धेरै नेपाली नारीहरुले अंग्रेजी भाषा ज्ञानको कमीले शोषण खेप्नु परेको कुरा कार्यपत्रमा उल्ल्खित थियो ।
कार्यपत्रमा शशी सुब्बा थापा, धर्म तामाङ्ग, राधा पौडेल, लारा र कुल आचार्यले टिप्पणी समेत गरेका थिए ।
यसैगरी कार्यक्रमको अर्को चरणमा साहित्यकार तथा समाजसेवी लाराले घरेलु हिँसाका प्रकारहरु र समाधानको बिषयमा चेतनामूलक कार्यपत्र प्रस्तुत गरेकी थिइन् । बेलायतमा पनि नारीमाथि घरेलु हिँसा हुने गरेको र यस्तो प्रकारको हिँसाबाट युरोप, एसिया र अन्य सबै ठाउँका महिलाहरुले धेरथोर शिकार हुने गरेको तथ्यलाई उजागर गर्ने क्रममा तुलनात्मक रुपमा बंगलादेशी महिलाहरु जो बेलायतबासी छन् उनीहरु सबैभन्दा बढी घरेलु हिंसाको सिकार हुने गरेको लाराले बताइन् ।
कार्यक्रममा बेलायतमा रहेका साहित्यकार लीला सेलिंग माबोलाई कविताकृति “लाहुरेनी पीडा ” र गीतकार, प्रोफेसर सुमाया राईलाई गीति अल्बम “तातो हावा” को निम्ति प्रमुख अतिथि, बिशेष अतिथि र सङ्घकी अध्यक्षबाट फूल,खादा र मायाको चिनोले श्रष्टा सम्मान गरिएको थियो ।
यसै बिचमा मगर सङ्घ बेलायतका अध्यक्ष दुत पुन मगरले नेपाल आदिबासी जनजाति महिला महासंघ बेलायतको निम्ति अध्यक्ष कमला थापालाई मायाको चिनो मगर सङ्घ बेलायतको तर्फबाट प्रदान गरेका थिए ।
भारतमा बेचिएका बालिकाहरुको सहयोगार्थ लन्डन म्याराथन दौड्न गइरहेकी १९ बर्षीय किशोरी कल्पना तिगेलालाई पनि उनको कदर र सम्मान गर्दै महिला महासंघको तर्फबाट फूल ,खादा ,प्रसंसा पत्र सहित पचास पाउण्डको थैलीले सम्मान गरिएको थियो । सम्मानकै क्रममा बेलायतबाट उच्च शिक्षा हासिल गर्ने डाक्टर ,इन्जिनियर र विविध विषयमा माष्टर्स डिग्री हासिल गर्ने नेपाली नारीहरुलाई, प्रमुख अतिथि, विशेष अतिथि र अध्यक्षबाट, सम्मान पत्र,फूल र खादाले सम्मान गरिएको थियो ।
नेपाल मगर सङ्घ बेलायतका अध्यक्ष दुत पुन मगर,  किरात राई यायोख्खा केन्द्रीय समितिका अध्यक्ष पदम राई ,तमुधी युकेका अध्यक्ष राम चन्द्र (सुर्जे )गुरुङ, दुरा समाज बेलायतका अध्यक्ष भक्त दूरा, नेपाल नर्सिङ्ग एसोसियसन युके अध्यक्ष सुशिला कार्की, आदिबासी जनजाति पत्रकार महासङ्घ बेलायतका अध्यक्ष किरण टी लिम्बू, नेपाली संघिय समाज युकेका अध्यक्ष धर्म तामाङ्ग, किरात धर्म तथा साहित्य उत्थानका समिति बेलायतका अध्यक्ष राम कुमार थेबे, सेवारो कलाकार सङ्घ बेलायतका अध्यक्ष दुर्गा पांग्मा, याक्थुम माङ्गेना चुम्लुङ्गकी अध्यक्ष कमला लिम्बु, दुरा सेवा समाज महिला समितिकी अध्यक्ष गंगा माया दुरा, किरात सुनुवार महिला समाज (किसूम) प्रतिनिधि सावित्री सुनुवार, मगर महिला संघकी अध्यक्ष हिमाली राना, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज युकेकी महासचिव लक्ष्मी राई ,एनआरएन महिला विभाग प्रमुख बबिता लामा, नेप्लिज एसोसियसन यु.के सचिव शशी सुब्बा थापा, तमुधि आमा समूह अध्यक्ष पबित्र गुरुङ, किरात राई यायोख्खा ग्रेटर रसमोर महिला समिति अध्यक्ष सावित्री राई ,एनआरएन युके भूपू अध्यक्ष कुल आचार्य, विश्व नेपाली साहित्य महासंघका अध्यक्ष बिश्वासदिप तिगेला, एनआरएन युके सल्लाहकार जंग सुनुवार, किरात सुनुवार सेवा समाज बेलायत सल्लाहकार होम सुनुवार, किरात याक्थुङ्ग चुम्लुङ्ग केन्द्रिय समिति बेलायत कोषाध्यक्ष दिल थेबे, शेर्पा संघ युरोप महासचिव कर्मा शेर्पा, संघीय लिम्बुवान परिषद प्रवास कार्य समिति महिला विभाग प्रमुख युमा लिम्बु, रेडियो बिजीडब्लुएस प्रतिनिधिहरु प्रमिला लाबुंग राई र पुष्पा गुरुङ, साहित्यकार बिजय हितांन मगर , नया संदेश पत्रिका प्रतिनिधि जानुका राई, समाजसेवी रन्जिता मल्ल, समाजसेवी प्रतिमा गुरुङ, नेपाल आदिबासी जनजाति महिला महासंघ सल्लाहकार नन्दा चेम्जोङ्ग तथा गङ्गा राई लगायतको कार्यक्रममा उपस्थिति रहेको थियो ।
 कार्यक्रम महासचिव बिमला सेनेले संचालन गरेकी थिइन् भने अनिता रानाले सांस्कृतिक कार्यक्रम संचालन गरेकी थिइन् ।
10426228_10202222222795373_6342515858600626440_n

प्रतिक्रिया

सम्बन्धित सामाग्री