लन्डन । बेलायत सरकारले गोर्खा भेट्रान र तिनका परिवारका लागि नयां घर बनाइदिने भएको छ । यस प्रयोजनका लागि सरकारले गोर्खा होम्स् लिमिटेडलाई ९ लाख ६० हजार पाउण्ड दिएको हो । ४० मिलियन पाउण्ड राशीको भेट्रान्स् एकोमोडेसन फण्डबाटै उक्त रकम निकासा भएको छ । तर, नयां घर कहां निर्माण गरिने तय भइसकेको छैन् । भूपू गोर्खाहरु बसोवास गरिरहेको बेजिङस्टोक, अल्डरसट, फार्नवोरो, रेडिङ, सेल्स्वरी र स्वीन्डन शहर आवास निर्माणका सम्भावित क्षेत्र भित्र छन् ।
भूपू गोर्खाहरुका ऐतिहासिक गुनासाबारे छानवीन गर्न गठित सर्वदलीय संसदीय समितिकी अध्यक्ष ज्याकी डोयल प्राइसको सिफारिसपछि नयां घर बनाउन लागिएको जनाइएको छ । रक्षा कर्मचारी, वेलफेयर र भेट्रान्स्् हेर्ने मन्त्री अन्ना सोब्रीले गोर्खाहरुले बेलायती जनताको मुटुमा विशेष स्थान बनाएको जनाउंदै ज्याकी डोयल प्राइसको छानवीन प्रतिवेदनको प्रशंसा गरिन् । ‘हामीले यसै वर्ष ब्रिटिश सेनामा गोर्खा भर्तीको दुई सय वर्ष मनाउंदैछौं’, सोब्रीले भनिन्, ‘समितिको सकारात्मक सिफारिस कार्यान्वयन प्रक्रियाले गोर्खा र बेलायत नेपालबीचको दौत्य सम्वन्ध अरु मजवुत बनाउने छ ।’
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन