लन्डन । बेलायत सरकारले गोर्खा भेट्रान र तिनका परिवारका लागि नयां घर बनाइदिने भएको छ । यस प्रयोजनका लागि सरकारले गोर्खा होम्स् लिमिटेडलाई ९ लाख ६० हजार पाउण्ड दिएको हो । ४० मिलियन पाउण्ड राशीको भेट्रान्स् एकोमोडेसन फण्डबाटै उक्त रकम निकासा भएको छ । तर, नयां घर कहां निर्माण गरिने तय भइसकेको छैन् । भूपू गोर्खाहरु बसोवास गरिरहेको बेजिङस्टोक, अल्डरसट, फार्नवोरो, रेडिङ, सेल्स्वरी र स्वीन्डन शहर आवास निर्माणका सम्भावित क्षेत्र भित्र छन् ।
भूपू गोर्खाहरुका ऐतिहासिक गुनासाबारे छानवीन गर्न गठित सर्वदलीय संसदीय समितिकी अध्यक्ष ज्याकी डोयल प्राइसको सिफारिसपछि नयां घर बनाउन लागिएको जनाइएको छ । रक्षा कर्मचारी, वेलफेयर र भेट्रान्स्् हेर्ने मन्त्री अन्ना सोब्रीले गोर्खाहरुले बेलायती जनताको मुटुमा विशेष स्थान बनाएको जनाउंदै ज्याकी डोयल प्राइसको छानवीन प्रतिवेदनको प्रशंसा गरिन् । ‘हामीले यसै वर्ष ब्रिटिश सेनामा गोर्खा भर्तीको दुई सय वर्ष मनाउंदैछौं’, सोब्रीले भनिन्, ‘समितिको सकारात्मक सिफारिस कार्यान्वयन प्रक्रियाले गोर्खा र बेलायत नेपालबीचको दौत्य सम्वन्ध अरु मजवुत बनाउने छ ।’
कम्बोडियाबाट २० नेपालीको उद्धार
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
लन्डनमा ए स्टार नेपाल बास्केटबल लिगको पाँचौँ संस्करण सुरु
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’
एनआरएनए अध्यक्षमा यूके निवासी डा. हेमराज शर्मा निर्विरोध