लन्डन । सामान्यतया कुनै पार्टीको भ्रातृ संगठनले राजनीतिका गतिविधि गर्नुपर्ने हो, तर बेलायतस्थित एमालेको प्रवासी संगठन प्रवासी नेपाली मञ्च यूकेको क्रियाशिलता भने सामाजिक काममा बढि छ । यसको पछिल्लो उदाहरण, मञ्चले नारी दिवसका अवसरमा चितवनस्थित चेपाङ महिला तथा वालवालिकाका लागि आर्थिक सहयोग संकलन गरेको छ ।
शनिवार अल्डरसटस्थित कन्नट स्कुलमा आयोजित १०५ औं अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा मञ्चकी सक्रिय सदस्य इशा गुरुङको पहलमा संकलित दुई हजार ३८० पाउण्ड (करिव साढें तीन लाख) अध्यक्ष रामशरण सिम्खडाले ग्रहण गरे । उक्त रकम छिट्टै नेपाल पठाइने छ ।
गत वर्षको नारी दिवसमा कमलरी पीडित महिलालाई सहयोग गरेको उक्त संगठनले केही महिनाअघिमात्र क्यान्सर पीडित पूर्व सभासद शान्ता चौधरीलाई तीनलाख लाख ६२ हजार रुपैयां सहयोग गरेको थियो ।
कार्यक्रममा शुभकामना दिने क्रममा वक्ताहरुले सामाजिक संस्कार र मानसिकता परिवर्तन नभएसम्म नारी दिवस मनाएर मात्र यसको औचित्य नहुनेमा जोड दिए । महिला सशक्तिकरण, समान अवसर र सम्मानले दिवसको सार्थकता रहने उनीहरुको निष्कर्ष थियो ।
कार्यक्रमकी प्रमुख अतिथी मदन पुरस्कार विजेता एवं जुम्लामा बसेर आफ्नो जीवन समाजसेवामा समर्पित सामाजिक अभियन्ता राधा पौडेलले सामाजिक संस्कार, रुढीवादी परम्परा र महिला हिंसाको अन्त्य नभएसम्म नारी दिवस मनाएर मात्र केही नहुने जनाइन् ।
एनआरएनए यूके अध्यक्ष महेन्द्र कंडेल र मञ्चका अध्यक्ष एवं विशेष अतिथी रामशरण सिम्खडाले पितृसत्तात्मक नेपाली समाजमा नारी थिचोमिचोका दृष्टान्त पेश गर्दै घरबाटै दिदीबहिनीको सम्मान गरेर समाज परिवर्तन गर्न सुझाए ।
मञ्चकी सल्लाहकार सुष्मा राईको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपलिज नर्सिङ एसोसिएसन यूकेकी उपाध्यक्ष प्रसुना कंडेल, समाजसेवी इशा गुरुङ, राधा भट्टराई, नरकुमारी लिम्बु, पत्रकार धु्रवराज अर्याल लगायतले मन्तव्य दिए । कार्यक्रममा मञ्चकी सदस्य एवं कार्यक्रम संयोजक सुशिला राईले धन्यवाद र अर्की सदस्य सरस्वती केसीले स्वागत मन्तव्य दिएका थिए ।
कार्यक्रममा प्रतिमा केसी र विमला गौतमले नारी सम्वन्धि कविता वाचन र गायक भिम निरौलाले आफ्ना नयां पुराना गीत प्रस्तुत गरेका थिए । उक्त अवसरमा रश्मी गौतमसहित स साना किशोरीले आकर्षक नाच समेत देखाए ।
नेपाल युके रनको पहलमा भ्यालेन्सिया म्याराथनमा सहभागी सन्तोषी श्रेष्ठको राष्ट्रिय कीर्तिमान
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
बेलायतमा नेपाली पण्डितलाई बालयौन दुराचारको अभियोगमा २५ वर्ष जेल
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता
नोभेम्बरमा बेलायतबाट नेपाल गए ७ हजार १८९ पर्यटक
अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा, युके पाउन्ड कति ?