लन्डन । प्रवासी नेपाली मञ्च यूकेको आज शनिवार सांझ हुन गइरहेको १०५ औं अन्तर्राष्ट्रिय नारी दिवस कार्यक्रमकी प्रमुख अतिथी रामकुमारी झांक्री लन्डन आउन असमर्थ भएकी छिन् । धावनमार्ग नजिकै दुर्घटनाग्रस्त टर्किस् एयरलाइन्सको जहाज सार्न नसक्दा गत बुधवार देखि अवरुद्ध देशको एकमात्र अन्त र्राष्ट्रिय त्रिभुवन विमानस्थलबाट कुनै पनि उडान नभएपछि नेतृ झांक्री बेलायत आउन नसकेकी हुन् । यसका कारण विश्वभरबाट नेपाल जान वा आउन लागेका हजारौं यात्रु स्वदेश र देश बाहिर विमानस्थलमा अलपत्र छन् ।
‘आफ्नो काबुभन्दा बाहिरको परिस्थितिका कारण म आउन सकिन’, झांक्रीले फेसबुकमार्फत भनेकी छिन्, ‘७ मार्चको कार्यक्रम भेट्ने गरि ५ मार्चको बिहानको, तुलनात्मक रूपमा छोटो ट्रान्जिट भएको कतार एयरवेजबाट लन्डन आउने गरि टिकट लिएं । प्रतिक्षा गरेर बसिरहे भोली बिहान खुल्छ, भरे चार बजे खुल्छ जस्ता सिभिल एभिएसनको विज्ञप्तिको भर परि वैकल्पिक उपायको खोजी समयमा गर्न सकिन । जब दिल्ली हुंदै जान नेपालको आन्तरिक विमानस्थलबाट भारतको कुनै डोमेस्टिक एयरपोर्ट पुग्ने विचार गरि रूटको खोजी गरें समय ढिलो भइसकेको थियो ।’
झांक्रीले आफ्नो कारणले कार्यक्रममा पर्न गएको असुविधाप्रति क्षमा मागेकी छिन् । उनी उपस्थित हुन नसकेपनि कन्नट स्कुल अल्डरसटमा कार्यक्रम यथावत हुने आयोजकले जनाएका छन् । आयोजक प्रवासी नेपाली मञ्च यूकेका अध्यक्ष रामशरण सिम्खडाले अकल्पनीय अप्ठ्याराका बाबजुद पनि नारी दिवस भव्य रुपमा सम्पन्न हुने जनाए । ‘सास रहेसम्म आश हुन्छ भनेझैं केही समय कार्यक्रम सार्दा लामो समय र वहुप्रचारित बिषयले सार्थकता पाइन्छ कि भनि कार्यक्रम थोरै ढिला गरि अपरान्ह ५ बजे शुरु गर्दैछौं’, सिम्खडाले जनाएका छन् ।
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त