काठमाडौं। संविधान निर्माणमा बहुमतीय प्रक्रिया प्रारम्भ गरिएपछि आन्दोलनमा गएको एकीकृत नेकपा माओवादी नेतृत्वको विपक्षी मोर्चाले दोस्रो चरणको आन्दोलन घोषणा गर्नुअघि सत्ता पक्षसँग एकपटक औपचारिक वार्ता गर्ने निर्णय गरेको छ।
एमाओवादीको संसदीय दलको कार्यालय, सिंहदरबारमा बिहीबार बिहान बसेको ३० दलीय गठबन्धनको बैठकले प्रधानमन्त्री सुशील कोइरालाले पटक–पटक वार्ताका लागि आह्वान गरेको र अनौपचारिक कुराकानीमा सहमतीय प्रक्रिया अघि नबढाउने आश्वासन दिएकाले विपक्षी मोर्चा वार्ताका लागि तयार भएको हो। तर वार्ता सफल नभए यही फागुन २६ गते बस्ने मोर्चाको बैठकले दोस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गर्नेछ।
बैठकमा गतिरोध अन्त्यका विषयमा बुधबार मोर्चाका संयोजक तथा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री सुशील कोइराला, नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेल र नेकपा (एमाले) का नेता माधवकुमार नेपालसँग अलग–अलग गरेको अनौपचारिक वार्ताबारे जानकारी गराएका थिए। अध्यक्ष दाहाल र प्रधानमन्त्री कोइरालाबीच बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको थियो ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मोर्चाका प्रवक्ता प्रेमबहादुर सिंहले प्रधानमन्त्री कोइरालाको आग्रह, काँग्रेस केन्द्रीय कमिटीको बैठकले सहमतीय प्रक्रियालाई जोड दिने भनी गरेको निर्णयका आधारमा ‘शङ्काको सुविधा’ दिँदै औपचारिक वार्ता गर्ने सर्वसम्मत निर्णय गरिएको बताए। उनले बहुमतीय प्रक्रियालाई खारेज गरेर सहमतिका आधारमा संविधान बनाउन सत्तापक्ष सकारात्मक रहेको आफूहरुको बुझाइ रहेको र वार्ता सफल नभए आन्दोलनमा जाने विकल्प यथावत् रहेको उल्लेख गरे।
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी