लन्डन । बेलायत सरकारले अध्यागमन प्रयोजनका लागि मान्य हुने अंग्रेजी भाषा परीक्षा ‘सेक्यूर इंगलिस् ल्याङवेज टेष्ट’ (सेल्ट) मा हेरफेर गरेको छ । होम अफिसले यसअघि मान्यता दिंदै आएको ‘पियर्सन’ र सिटी एण्ड गिल्ड्सको अंग्रेजी सर्टिफिकेट आगामी महिनादेखि अमान्य हुने भएको छ ।
गृह मन्त्रालयको एउटा अंग यूके भिजा एण्ड इमिग्रेसन (यूकेभिआइ) ले २० फेब्रुअरीमा अपडेट गरि अप्रिल ६, २०१५ देखि लागू हुने गरि कम्प्युटर वेस्ड पियर्सन र सिटी एण्ड गिल्ड्सको सिटी एण्ड गिल्ड्स इन्टरनेशनल इसोल (आइसोल) हटाएको हो । सरकारले ट्रिनिटी कलेज लन्डन र क्याम्ब्रिज इंगलिस् ल्याङवेज एसेसमेन्ट अवार्डिङ बडीका क्रमशः इन्टिग्रेटेड स्किल्स् इन इंगलिस् र आइएलटिएस्मात्र मान्य हुने जनाएको छ ।
५ अप्रिलसम्म सर्टिफिकेट लिइसकेका विद्यार्थीले भने ५ नोभेम्बर, २०१५ सम्म अध्यागमन आवेदनमा पुरानै मान्यताका सर्टिफिकेट पेश गर्न पाउने प्रावधान छ । नयां परिवर्तित नियमानुसार, अब आवेदन फारामका साथ सेक्यूर इंगलिस् ल्याङवेज टेष्ट (सेल्ट) डकुमेन्ट्सको सट्टा सेल्ट यूनिक नम्बर रेफरेन्स्मात्र उपलव्ध
गराउनुपर्नेछ ।
६ अप्रिलदेखि लागू हुने गरि परीक्षा केन्द्र पनि सिमित गरिएको छ जसमा ट्रिनिटी कलेज लन्डनका ट्रिनिटी बेलफाष्ट सेल्ट सेन्टर, ट्रिनिटी बर्मिङहम, ट्रिनिटी कार्डिफ, ट्रिनिटी ग्लास्गो, ट्रिनिटी लिड्स, ट्रिनिटी लन्डन ह्यामरस्मिथ सेल्ट सेन्टर, ट्रिनिटी लन्डन हलबर्न, ट्रिनिटी म्यानचेष्टर, ट्रिनिटी न्यू क्यासल र ट्रिनिटी पिटरबरो सेल्ट सेन्टर तोकिएका छन् भने आइएलटिएस्का लागि बेलफाष्ट, एडिनवरा, कार्डिफ, बर्मिङहम, म्यानचेष्टर, लन्डन नर्थ, लन्डन सेन्ट्रल, लन्डन वेष्ट, लन्डन इष्ट र बाथ सेन्टर तोकिएका छन् ।

यसअघि टोइक (दि टेष्ट अफ इंगलिस फर इन्टरनेशनल कम्युनिकेशन) अंग्रेजी सर्टिफिकेट धमाधम किनेको पाइएपछि होम अफिसले अमेरिकी कम्पनी एजुकेशनल टेष्टिङ सर्भिस् (इटिएस) को उक्त अंग्रेजी सर्टिफिकेट र परीक्षा केन्द्रहरु गत वर्ष अप्रिलबाट खारेज गरि टोइक मान्य नहुने गरि प्रतिवन्ध लगाएको थियो ।
बीबीसी वानको एक चर्चित कार्यक्रम ‘प्यानोरामा’ ले गत वर्ष फेब्रुअरीमा इटिएसमार्फत बेलायतमा नक्कली अंग्रेजी भाषा परिक्षाको सर्टिफिकेट उपलव्ध गराउन भइरहेको संस्थागत अपराधबारे एक रिपोर्ट नै प्रसारण गरेपछि त्यसयता बेलायती अधिकारीहरु झन् अध्यागमन कडाइतिर लागेका हुन् । टोइक सर्टिफिकेट स्वीकार्ने ५ दर्जनभन्दा बढि निजी कलेजले लाइसेन्स गुमाइसकेका छन् भने त्यस्तो सर्टिफिकेट लिने विद्यार्थीका भिसा अस्वीकार र घरैमा छापामारी स्वदेश फर्काउने क्रम जारी छ ।
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी