लण्डन । मगर संघ युकेको आयोजनामा मगरहरुले बेलायतमा मगर दिवस मनाएका छन् ।
रेडिंगस्थित रिभरमिड लिजर सेन्टरमा आयोजना गरिएको सो कार्यक्रममा बेलायतका विभिन्न भागबाट मगर दिवस मनाउन मगरहरु ओइरिएका थिए ।
संघका अध्यक्ष दुतबहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि संघका पूर्व अध्यक्ष मेजर रिटायर्ड कुलबहादुर थापा रहेका थिए भने अन्य अतिथिहरुमा नेपाल दूताबासका सूर्यबहादुर थापा, मगर संघ युकेका संरक्षक घन थापा, म्याग्दी जिल्ला विकास समितिका पूर्व सभापति भोगबहादुर थापा, नेपाल आदिवासी जनजाति महासंघ युकेका अध्यक्ष श्रीप्रसाद लिम्बु, विश्व नेपाली साहित्य महासंघका अध्यक्ष विश्वासदीप तिगेला, तमु धिं युकेका अध्यक्ष रामचन्द्र (सूर्जे) गुरुंग, नेपाल आदिवासी जनजाति महिला महासंघ युकेकी अध्यक्ष कमला थापा, यति नेपलिज एसोसिएसनका अध्यक्ष उमेश मोक्तान लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि रहेका थिए ।
कार्यक्रममा मगर दिवसका बारेमा संघका मिडिया सल्लाहकार रमेशसिंह सराङकोटीले जानकारी गराएका थिए भने कार्यक्रम संयोजक तथा उपाध्यक्ष नेम थापाले स्वागत मन्तब्य र महासचिव बम थापा सूर्यवंशीले औपचारिक कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा अध्यक्ष पुन, पूर्व अध्यक्ष थापाले आफ्नो मन्तब्य राखेका थिए ।
कार्यक्रमका यसै वर्ष विभिन्न युनिभर्सिटीबाट ग्राजुयसन गर्ने मगर विद्यार्थीहरु, बेलायती सेनाको लेफ्टिनेण्ट कर्णेल पदमा पुग्न सफल यामबहादुर राना लगायतलाई सम्मान गरिएको थियो ।
कार्यक्रमको दोस्रो सत्रमा मगरहरुको परम्परा र सँस्कृतिमा आधारित साँस्कृतिक कार्यक्रमहहरु देखाइएको थियो । साँस्कृतिक सचिव अनिता राना र बहुप्रतिभाशाली युवा सरला थापाले सञ्चालन गरेको सो कार्यक्रममा पूर्वी नेपालका मगरहरुले नाच्ने हुर्रा नाच, पश्चिम नेपालका मगरहरुले नाच्ने कौरा, पुख्र्यौली, थाली नाच, राप्ति क्षेत्रका मगरहरुले नाच्ने भूम्या नाच लगायत देखाइएको थियो ।
प्रथम शहीद लखन थापाको जीवनीमा आधारित र मगर युथ टोलीबाट प्रस्तुत नाटकले सहभागीको मन जितेको थियो भने स्वीण्डन शाखाको कौरा र केन्ट शाखाका पाँच वर्षका बालिकाहरुको कौरा नाचले सबैलाई मन्त्रमुग्ध बनाएको थियो ।
कार्यक्रममा कल्पना पुन, भीम आले र क्याप्टेन वीरबहादुर थापाले गायन प्रस्तुत गरेका थिए ।
बेलायतको जाडो मौसमको बाबजुद टाढा टाढाबाट पनि मगरहरु मगर दिवसमा भाग लिन आएका थिए । कार्यक्रमस्थल खचाखच भरिएपछि आयोजकहरु पनि प्रफुल्ल देखिन्थे ।
नेपालमा तेस्रो ठूलो जनसंख्या ओगट्ने मगर जातिको साझा संस्था नेपाल मगर संघको स्थापना भएको दिन फागुन १५ (२०३९ फागुन १५) गतेलाई मगर दिवसका रुपमा देशविदेशमा मनाउने गरिन्छ ।
दक्षिणपश्चिमी जापानमा भीषण आगलागी : १७० घर नष्ट, सयौँ विस्थापित
कामदार भिसामा बेलायत पठाउने भन्दै ४२ लाख ठगी गरेको अभियोगमा दुई जना पक्राउ
बेलायतमा कार दुर्घटनामा मृत्यु भएका तामाङका परिवारलाई एनआरएनए यूकेद्वारा झन्डै ५ लाख सहयोग हस्तान्तरण
बेलायतमा मृत्यु भएका नेपालीको नाममा फेक एकाउन्टबाट सहयोग संकलन, बन्द गर्न ‘गो फन्डमी’मा रिपोर्ट
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई ‘मानवता विरुद्धको अपराध’मा मृत्युदण्ड
बेलायतमा जुनियर चिकित्सकद्वारा पाँच दिने हड्तालको घोषणा
बेलायतमा मृत्यु भएका नेपाली विद्यार्थी योमन चन्दको शव नेपाल पठाउन सहयोग संकलन
बेलायतको वेलिङटन वार्डमा डा.विशाल गुरुङ काउन्सिलर पदको उम्मेदवार
दक्षिण अफ्रिकामा दोहोरो नागरिकता
तनहुँ समाज यूकेद्वारा बुद्धिबहादुर गुरुङको मिर्गौला उपचारका लागि २ लाख ६० हजार रुपैयाँ सहयोग