बेलायतमा मनाइयो ल्हप्सो पूजा तथा ग्याल्पो लोसार

11009210_10200605149608630_7226370345293369330_n

लण्डन । शेर्पा संघ यूकेको आयोजनामा बेलायतमा सिङ्मो लुक लो २१४२ ग्याल्पो लोसार कार्यक्रममा सम्पन्न भएको छ ।

कार्यक्रमको पहिलो चरणमा अल्डरशटमा अवस्थित बुद्धिष्ट कम्युनिटी सेन्टर यूकेको गुम्बामा ल्हप्सो पूजाको आयोजना गरिएको थियो भने दिउसो ४ बजेबाट फार्नब्रोमा अवस्थित ओक फार्म कम्युनिटी स्कुलमा ग्याल्पो लोसार कार्यक्रमको आयोजना गरिएको थियो ।

औपचारकि कार्यक्रम संघका अध्यक्ष रिन्जी शेर्पाको अध्यक्षतमा तथा संघका महासचिव योन्तेन ग्याछॊले संचालन गरेका थिए भने संस्कृतिक कार्यक्रम संघका संस्कृति सचिव दावा ग्याल्मु शेर्पाले संचालन गरेकी थिइन् ।

शेर्पाहरुको बिशेष चाड ग्याल्पो लोसार कार्यक्रममा प्रमुख अतिथि नेपाल एम्बेसी बेलायतका प्रतिनिधि बाबुकाजी डंगोल, अतिथिहरुमा नेपाल आदिवासी जनजाति महासंघ बेलयातका अध्यक्ष श्री प्रसाद लिम्बु, बुद्धिष्ट कम्युनिटी सेन्टर यूकेका अध्यक्ष काजी शेर्पा, तमु धीं यूकेका अध्यक्ष रामचन्द्र (सुर्जे) गुरुङ, थकाली समाज यूकेका अध्यक्ष रेशम शेरचन, नेपाल आदिवासी जनजाती महिला महांसघका सचिव भावना परिष्कृत सुनुवार, भोजपुर सेवा समाज बेलायतका उपाध्यक्ष सुदेश राई, तामाङ सोसाइटी अफ यूकेका सचिव देउराज तामाङ, तामाङ घेदुङ्ग बेलायतका अध्यक्ष तेन्जी पाख्रिन (लामा), किराँत याक्थुङ्ग चुम्लुङ्ग यूकेको उपाध्यक्ष लिला सेलिङ् माबो, संघीय समाजवादी पार्टी यूकेको सचिव विश्वासदीप तिगेला, मगर संघ यूकेको सल्लहाकार क्याप्टेन हरि बहादुर थापा, किराँत सुनुवार सेवा समाज यूकेको उपाध्यक्ष यादा त्रुसुचा सुनुवार, एनआरएन आइसीसी मेम्बर सुष्मा राई साथै अन्य बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

नेपाली राष्ट्रिय गान बजाएर सुरुवात गरिएको कार्यक्रममा कार्यक्रम संयोजक चांद लामाले स्वागत मन्तव्य राखेका थिए भने प्रमुख अतिथि बाबुकाजी डंगोल, बुद्धिष्ट कम्युनिटी सेन्टर यूकेका अध्यक्ष काजी शेर्पा र शेर्पा संघ बेलायतका अध्यक्ष रिन्जी शेर्पाले आ-आफ्नो मन्तव्य राखेका थिए । संस्कृति कार्यक्रममा स्थानीय कलाकारहरुले श्याब्रु, तामाङ सेलो र बिभिन्न नेपाली गितहरु प्रस्तुत गरेका थिए ।

न्यू योर्क निवासी परोपकारी गायक गम्बु शेर्पाले कार्यक्रममा करिब एक घण्टा बिभिन्न गीतहरु प्रस्तुत गरेर उपस्थित सबैलाई मनोरंजन गराएका थिए । गायक शेर्पाले आफ्नो गायन कला प्रस्तुत गरेर नेपालमा ७ जना अनाथ बच्चाहरुलाई पढाउँदै आएका छन् ।

कार्यक्रममा संस्थाको लागी ९ सय पाउण्ड बराबरको थाङ्का स्पोन्सर गर्ने अश्फोर्ड केन्ट निवासी आङ पासाङ शेर्पा, नेपाल बाट १५० वटा खादा स्पोन्सर गर्नुहुने गलैंचा महासंघ नेपालका सल्लाहकार आङरिन्जी शेर्पा र डाक्टर टोशी शेर्पालाई प्रसंसा पत्र साथै नव आजीवन सदस्यहरुलाई आजीवन सदस्यको प्रमाण पत्र हस्तान्तरण गरिएको थियो भने शेर्पा संघ यूके उप समिती केन्टका नव निर्बाचित अध्यक्ष नवाल शेर्पा र थप दोश्रो कार्यकालको लागी ब्रिटिश लिजन आशफोर्डका पुननिर्बाचित अध्यक्ष गोम्बा शेर्पालाई खदा लगाएर शेर्पा संघ यूकेका अध्यक्ष रिन्जी शेर्पा बधाई दिएका थिए ।

यो वर्षको  ल्हप्सो पूजा साथै ग्याल्पो लोसार कार्यक्रम चांद लामाको संयोजकत्वमा आयोजकहरु आङ् फुर्बा, कामी डोमा शेर्पा, निमा ग्याल्बू, निमा लमु शेर्पा, आङ् दावा,  पासाङ शेर्पा, कार्मा छिरिङ् पहाडी, आङ कल्जाङ्, आङ माया लामा र ल्हाक्पा सोनम लामा संयुक्त आयोजनामा सुसम्पन्न भएको थियो । ग्याल्पो लोसार २१४३ औ कार्यक्रम अश्फोर्ड केन्टमा आयोजना गर्ने गरी निम्तेन्जी शेर्पाको संयोजकत्वमा आयोजकहरु नवाल शेर्पा, पेम्दोर्ची शेर्पा र आङ पासाङ शेर्पालाई चयन गरिएको छ ।

10402785_10200605150888662_8779992377447969383_n

प्रतिक्रिया

सम्बन्धित सामाग्री